१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

दुर्घटनामा दम्पतीको मृत्यु



सप्तरी । सप्तरीमा दुर्घटनामा परी एक दम्पतीको मृत्यु भएको छ ।

हनुमाननगर कंकालिनी नगरपालिका-३, पोर्ताहास्थित पूर्व-पश्चिम राजमार्गमा आज बिहान भएको दुर्घटनामा सोही ठाउँ बस्ने ४५ वर्षीय सत्यनारायण मण्डल र उनकी श्रीमती ४० वर्षीया सुनीतादेवी मण्डलको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ३८६१ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलमा सवार मण्डल दम्पतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

साइकलमा सवार मण्डल दम्पती घाइते भई दुवैजनालाई उपचारका लागि जिल्ला अस्पताल भारदह लैजाने क्रममा दुवैजनाको बाटोमा मृत्यु भएको काफ्लेले जानकारी दिए ।

शव परीक्षण लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ल्याइएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ११ : ३३ बजे

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण