१५ चैत्र २०८२, आइतबार | March 29, 2026

बाँकेमा थपिए ७२० नयाँ कारोना संक्रमित, १८ जनाको मृत्यु



नेपालगन्ज । बाँकेमा संचालनमा रहेका ३ वटा प्रयोगशाला मध्य २ वटा प्रयोगशालाको रिपोर्टबाटै ७२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबै भन्दा बढी स्वाव परीक्षण हुने भेरी अस्पताल प्रयोगशालाको रिपोर्ट प्राप्त नहुँदै जिल्लामा ७२० जना कोरोना संक्रमित थपिएका हुन् ।

नेपालगन्ज मेडिकल कलेज प्रयोगशालामा ६३२ वटा नमुना परीक्षण गर्दा ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने बागेश्वरी डाईग्नोशिस केन्द्रमा ३०७ नमुना परीक्षण गर्दा २४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेमा गरिएको परीक्षणबाट पुष्टि भएका कुल ७२० संक्रमित मध्य ४८६ जना बाँके जिल्ला भित्रका र अन्य जिल्ला बाहिरका हुन् ।

बाँकेमा आज मृत्युदर बढेको छ । पछिल्लो २४ घण्टामा बाँकेमा १८ जनाको मृत्यु भएको छ । जस मध्य ७ जना बाँके जिल्लाका र ११ जना जिल्ला बाहिरबाट बाँकेमा उपचाररत भएको पीसीसीएमसी बाँकेले जनाएको छ । बाँकेमा जिल्ला भित्रका १९८ र जिल्ला बाहिरका १५२ जनाको मृत्यु भएको छ ।

बाँकेका होम आइसोलस तथा अस्पताल र स्थानीय तहका आइसोलेसनहरुबाट आज ४१४ जना कोरोना मुक्त भएका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ५ : १९ बजे

ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा सोमबार सर्वोच्चमा सुनुवाइ

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई

सरकारको पहिलो कामलाई लगानीकर्ताको रेडलाइट, नेप्सेमा ७१ अङ्कको गिरावट

काठमाडौं । नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन आज

नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा पुष्पकमल

बाँके एमालेको नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, सीडीओलाई बुझाए ज्ञापनपत्र

काठमाडौँ । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको