१८ असार २०८३, बिहिबार | July 2, 2026

नयाँ सरकार बनाउन समर्थन जुटाउने कांग्रेसको निर्णय



काठमाडौं । नेपाली कांग्रेसले नयाँ सरकार बनाउन प्रयास गर्ने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेसको पदाधिकारी बैठकले नयाँ सरकार बनाउन सम्पूर्ण रुपमा लाग्ने निर्णय गरेको हो ।

कांग्रेसले जनता समाजवादी पार्टीको समर्थन प्राप्त हुने विश्वास गरेको छ । माओवादी केन्द्रले भने कांग्रेसलाई नयाँ सरकार गठनका लागि धेरै पहिलादेखि समर्थन गर्दै आएको छ ।

राष्ट्रपतिले नयाँ सरकार बनाउन दिएको समय बाँकी नै रहेका कारण त्यसबीचमा अन्य दलहरुसँग सघन छलफल गरेर अघि बढ्ने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले बताए । महतले सरकार बनाउन सम्पूर्ण पार्टी पंक्ति क्रियाशील बन्ने निर्णय गरेको जानकारी दिए ।

जसपाको उपेन्द्र यादव पक्षले भने सरकार बनाउन सहयोग गर्ने घोषणा गरिसकेको छ । महन्थ ठाकुर पक्षले भने ओली सरकारकै निरन्तरता दिने गरी विज्ञप्तिमार्फत सत्ताको कुनै खेलमा नलाग्ने जनाएको छ ।

यस्तै एमालेकै नेपाल समूहले समेत तोकिएको समयभित्र एउटा निकास दिने भएकाले सरकार बन्ने पर्याप्त आधार रहेको महतले बताए ।

 

 

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ५ : ३० बजे

आज शिक्षा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि

बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

काठमाडौं । बोस्निया एन्ड हर्जगोभिनालाई पराजित गर्दै अमेरिका फिफा विश्वकप

बुटवल-३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

बुटवल । बुटवल उपमहानगरपालिका-३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने

पिरोमा ‘गुलियो’ खुसी

नारायणगढ । स्वदेशमा सम्भावना नदेखेर रोजगारीको खोजीमा युवा पुस्ता विदेश

पोखरा महानगरको बजेट पारित

कास्की । पोखरा महानगरपालिकाको १९ औँ नगरसभाले आगामी आर्थिक वर्ष