१७ बैशाख २०८१, सोमबार | April 29, 2024

अक्सिजनको आपूर्ति सहज बनाउन उपप्रधानमन्त्री पोखरेलले गरे निजी क्षेत्रसँग संवाद



काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले अस्पतालहरुमा अक्सिजन आपूर्ति सहज बनाउन निजी क्षेत्रसँग छलफल गरेका छन् ।
उपप्रधानमन्त्री पोखरेलले आज उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर्स अफ कमर्स, नेपाल उद्योग परिसंघ, ग्यास उत्पादक, सरकारी तथा निजी क्षेत्रका अस्पतालका प्रतिनिधिहरुसँग अक्सिजनको सहज उपलब्धताका बिषयमा छलफल गरेहा हुन् । प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा अक्सिजन उद्योगहरुलाई पूर्ण क्षमतामा कसरी संचालन गर्ने, अक्सिजन वितरण प्रणालीलाई कसरी चुस्त बनाउने लगायतका विषयमा छलफल भएको थियो ।

बैठकले अक्सिजन उद्योगलाई पूर्ण क्षमतामा संचालन गर्न उद्योग मन्त्रालयले आवश्यक सहयोग गर्ने निर्णय गरेको छ भने अक्सिजन सिलिण्डर वितरण प्रणालीलाई वस्तुपरक बनाउनका लागि बिरामीको संख्या, अक्सिजन चाहिने बिरामी, अक्सिजन उत्पादन गर्ने उद्योगहरु, अस्पतालबीच समन्वय गर्ने निर्णय भएको छ । यसैगरी, छिटो माध्यमबाट अक्सिजन प्लान्ट निर्माण गर्नका लागि आवश्यक सम्पूर्ण समन्वय र सहजीकरण गर्ने निर्णय भएको छ ।

निजी क्षेत्रका ठूला अस्पतालहरुमा आफ्नै अक्सिजन प्लान्ट नहुँदा अहिलेको समस्या आइपरेको बैठकले समिक्षा गरेको छ । काठमाडौं उपत्यका र काभ्रेमा गरी अहिले ९ वटा अक्सिजन उद्योगहरु छन् । अस्पतालहरुमा १५ हजार लिटर भन्दा बढी माग भए पनि अहिले ७ हजार २ सय लिटरमात्रै उत्पादन भईरहेको उद्योगीहरुले बताएका थिए ।

सिसिएमसीका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले संकटको अबस्था रहेकाले सबै मिलेर समस्याको समाधान गर्नुपर्ने बताए । ‘महामारीसँग जुध्नका लागि राज्यका तर्फबाट सबै प्रयत्न गरिन्छ, हामी सबै मिलेर यो समस्याको समाधान गर्नुपर्छ,’ उपप्रधानमन्त्री पोखरेलले बैठकमा भने, ‘संकटको बेला भ्रमको खेतीहरु गर्ने पनि छन्, त्यस्तोबाट सचेत पनि हुनुपर्छ ।’
सिसिएमसीले अक्सिजन ग्यासको विद्यमान समस्या समाधान गर्ने उद्देश्यले बिभिन्न प्रयासहरु गरेको छ । काठमाडौं उपत्यका र बनेपामा रहेका उद्योगहरुहरुको अनुगमन गरी विवरण संकलन तथा समस्या र सम्भावना समेतको समिक्षा गरिएको छ भने सबै उद्योगहरुमा सुरक्षाकर्मी खटाइएको छ । सरकारले अक्सिजन उद्योगको क्षमता बृद्धि र मर्मत कार्यमा सहजीकरण तथा सहयोग समेत गर्ने पोखरेलले बैठकमा आश्वासन दिएका थिए ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ९ : १३ बजे

इलाम उपनिर्वाचन : माङ्सेबुङ–५ मा स्वतन्त्रले १०३२ मत पाउँदा ठूला दलको ६९ कटेन

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना

४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ।

लगानी सम्मेलन : पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी

काठमा । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक(निजी

बझाङमा रोचक प्रतिस्पर्धा, फेरि अघि लागे एमालेका भण्डारी

काठमाडौं। बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको