१५ बैशाख २०८१, शनिबार | April 27, 2024

बागलुङमा थप २ जना कोरोना संक्रमणको मृत्यु



बागलुङ । बागलुङमा कोरोना भाइरस संक्रमणबाट मंगलवार थप २ जनाको मृत्यु भएको छ ।

मंगलवार एक महिलाको धवलागिरि अस्पताल र एक पुरुषको होम आइसोलेसनमा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिए ।

जिल्लाको ढोरपाटन नगरपालिका-४ निवासी ६६ वर्षीया महिलाको धवलागिरि अस्पतालमा मृत्यु भएको हो । उनको मृत्युपछि पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।

बागलुङ नगरपालिका-४ का ७७ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । वैशाख २२ गते गण्डकी मेडिकल कलेजमा उनलाई कोरोना पुष्टि भएको थियो । उनी पोखराबाट फर्केलगत्तै होम आइसोलेसनमा रहेको बेला मृत्यु भएको घिमिरेले बताए । याेसँगै बागलुङमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ८ : ३८ बजे

नेपालको वेस्ट इन्डिज ए माथि शानदार जित

काठमाडौं । कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेष्ट

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

काठमाडौं । आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका

काठमाडौँ महानगरको कार्यालय समय अब बिहान ९ बजेदेखि

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आजबाट विहान ९ बजेदेखि कार्यालय सञ्चालन

एनआइसी एशियाले गर्यो अर्जुन खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा

काठमाडौ । एनआईसी एशिया बैकका सहायक महाप्रबन्धक अर्जुन राज खनिया

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २०५ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य