२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

राष्ट्रपति भण्डारीद्धारा नर्सको उच्च प्रशंसा



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड-१९ संक्रमण विरुद्धको लडाइँमा अग्रभागमा रहेर संक्रमितको हेरचाहमा खटिएका नर्सको उच्च प्रशंसा गरेकी छन् ।

उनले बुधवार ट्वीट गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१ औं फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा शुभकामना दिँदै नर्सको उच्च प्रशंसा व्यक्त गरेकी हुन् ।

‘विश्वव्यापी महामारी कोभिड-१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर संक्रमितको हेरचाहमा अहोरात्र खटिनुभएका सम्पूर्ण नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१ औं फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु,’ उनले ट्वीटमा भनेकी छन् ।

बुधवार नेपालसहित विश्वभरि नै ‘नर्सः नेतृत्वका लागि आवाज, भविष्यको स्वास्थ्य सेवाका लागि एक दृष्टि’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नर्स दिवस मनाइँदैछ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  १० : ५२ बजे

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित

प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस, दाहाल र आङदेम्बेको असहमति

काठमाडौँ । संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश डा

संवैधानिक परिषद्को बैठक सुरु

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक

पूर्वअर्थमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल

जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार प्रेसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई