१७ श्रावण २०८३, आइतबार | August 2, 2026

रुपन्देहीमा अहिले सम्मकै उच्च संख्यामा संक्रमित थपिए, २४ घण्टामा थपिए ९०७ कोरोना संक्रमित, १६ जनाको मृत्यु



बुटवल । रुपन्देहीमा अहिले सम्मकै उच्च संख्यामा कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा जिल्लामा ९०७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । जिल्लामा सोही समयमा १६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएपनि अस्पतालहरुबाट प्राप्त रिपोर्टका आधारमा त्यो संख्या अझै बढी भएको देखिएको छ ।

जिल्लामा आजै अक्सिजन लगाईरहेका संक्रमितहरुलाई अक्सिजन निरन्तर दिन नसक्दा छट्पटाएरै ५ जनाको ज्यान गएको छ ।

आज पनि बुटवल उपमहानगरमा सबैभन्दा बढी ३९५जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या अहिले सम्मकै उच्च हो । त्यसैगरि तिलोत्तमामा १७१ जना, सिद्धार्थनगर १०२ जना, देवदहमा ८७ जना, सैनामैनामा ५९ जना, रोहिणीमा २१ जना, ओमसतियामा १४ र सुद्धोधन र ओमसतियामा मा १३।१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै गैडहवा र मयादेबीमा ९।९ जना, सियारीमा ५ जना, कोटहिमाईमा ३ जना, लुम्बिनी साँस्कृतिक नगरमा २ जना र मर्चवारीमा १ जना कोरोना संक्रमित थपिएका छन् ।

रुपन्देहीमा आज ४१९ जना कोरोना मुक्त भएका छन् भने जिल्लामा मृत्यु हुनेको संख्या ३०९ पुगेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ६ : २२ बजे

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार

सुस्तामा भारतीय एसएसबीको प्रवेश, निर्माणाधीन बाँध भत्काए

बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आइतबार भारतीय सशस्त्र सीमा

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड

चौंथो स्थापना दिवसमा स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाजद्वारा रक्तदान, ४३ युनिट रगत संकलन

बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले आफ्नो चौंथो