१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

रुपन्देहीमा अहिले सम्मकै उच्च संख्यामा संक्रमित थपिए, २४ घण्टामा थपिए ९०७ कोरोना संक्रमित, १६ जनाको मृत्यु



बुटवल । रुपन्देहीमा अहिले सम्मकै उच्च संख्यामा कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा जिल्लामा ९०७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । जिल्लामा सोही समयमा १६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएपनि अस्पतालहरुबाट प्राप्त रिपोर्टका आधारमा त्यो संख्या अझै बढी भएको देखिएको छ ।

जिल्लामा आजै अक्सिजन लगाईरहेका संक्रमितहरुलाई अक्सिजन निरन्तर दिन नसक्दा छट्पटाएरै ५ जनाको ज्यान गएको छ ।

आज पनि बुटवल उपमहानगरमा सबैभन्दा बढी ३९५जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या अहिले सम्मकै उच्च हो । त्यसैगरि तिलोत्तमामा १७१ जना, सिद्धार्थनगर १०२ जना, देवदहमा ८७ जना, सैनामैनामा ५९ जना, रोहिणीमा २१ जना, ओमसतियामा १४ र सुद्धोधन र ओमसतियामा मा १३।१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै गैडहवा र मयादेबीमा ९।९ जना, सियारीमा ५ जना, कोटहिमाईमा ३ जना, लुम्बिनी साँस्कृतिक नगरमा २ जना र मर्चवारीमा १ जना कोरोना संक्रमित थपिएका छन् ।

रुपन्देहीमा आज ४१९ जना कोरोना मुक्त भएका छन् भने जिल्लामा मृत्यु हुनेको संख्या ३०९ पुगेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ६ : २२ बजे

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण