१७ श्रावण २०८३, आइतबार | August 2, 2026

नेपाली सेनाको हेलिकप्टरबाट बुटवलमा अक्सिजन ल्याइँदै



बुटवल । रुपन्देहीमा अक्सिजन नपाएकै कारण कोरोना संक्रमितहरुको ज्यान जान थालेपछि नेपाली सेनाको हेलिकप्टरमा अक्सिजन सिलिण्डर ल्याउने तयारी गरिएको छ ।

अक्सिजन अभाव नभएको पुर्वि जिल्लाका अक्सिजन प्लाण्टहरुबाट भरिएको सिलिण्डर सहित नेपाली सेनाको हेलिकप्टर रुपन्देही आउँदै गरेको अर्थमन्त्री बिष्णु पौडेलका स्वकिय सचिव यम पाण्डेले जनाएका छन् ।

सैनिक हेलिकप्टरमा आउँदै गरेको अक्सिजन सिलिण्डरलाई बुटवलमा रहेकाे धागो कारखाना स्थित कोरोना विशेष अस्पताल र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा केन्द्रित गरिने बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुबेदीले जनाएका छन् ।

हेलिकप्टरबाट आउँदै गरेको अक्सिजन सिलिण्डरको ब्यवस्थापन गर्न नगरप्रमुख भैरहवा स्थित बिमानस्थल बसेका छन् भने अस्पतथालबाट खालि भएका सिलिण्डरहरु बोको गाडीहरुपनि बिमानस्थल पुगेका छन् । ‘एयरलिफ्ट मार्फत भरी अक्सिजन सिलण्डिरहरु मगाईएको छ ।’ नगर प्रमुख सुबेदीले भने ।

एयरलिफ्ट मार्फत आएका भरी सिलिण्डरहरु पहिलो चरणमा धागो कारखाना र प्रादेशिक अस्पताल पुग्ने बथाईएको छ ।

कोरोना विशेष अस्पतालमा अक्सिजन सकिएकै कारण आज ५ जनाले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ७ : ०२ बजे

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार

सुस्तामा भारतीय एसएसबीको प्रवेश, निर्माणाधीन बाँध भत्काए

बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आइतबार भारतीय सशस्त्र सीमा

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड

चौंथो स्थापना दिवसमा स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाजद्वारा रक्तदान, ४३ युनिट रगत संकलन

बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले आफ्नो चौंथो