१५ चैत्र २०८२, आइतबार | March 29, 2026

रुपन्देही आइपुग्यो ४० थान अक्सिजन बोकेर सेनाको हेलिकप्टर



बुटवल । नेपाली सेनाको हेलिकप्टरले रुपन्देहीको भिम अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालका लागि ४० थान अक्सिजन सिलिन्डर एयरलिफ्ट गरेर रुपन्देही पु¥याएको छ । सेनाको एमआई–१७ हेलिकप्टरले सिमरास्थित २८ बाहिनीमा रहेको सिलिन्डरहरुलाई एयरलिफ्ट गरेर भैरहवा पुर्‍याएको हो ।

अक्सिजनको अभावमा बुधबारमात्रै भीम अस्पतालमा तीनजनाले र बुटवलस्थित कोरोना विशेष अस्पतालमा पाँचजनाको मृत्यु भएको थियो ।

आज बसेको डीसीसीएमसी रुपन्देहीको बैठकले केन्द्रिय कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) समक्ष अक्सिजन उपलब्ध गराइदिन माग गरिएपछि सेनाको हेलिकप्टरबाट सिमरा र भरतपुरबाट अक्सिजन झिकाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

प्रजिअ तामाङले आज आएको सबै अक्सिजन सिलिण्डरलाई लुम्बिनी प्रादेशिक अस्पतालमा होल्ड गर्ने र आवश्यक परेमा भिम अस्पताललाई पनि उपलब्ध गराउने गरि ब्यवस्थापन गरिएको बताए । उनले सीसीएमसीलाई अनुरोध गरेर सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिएको र रुपन्देहीमा स्थानीयस्तरबाट अपुर्तिमा कम हुनासाथ बाहिरबाट अक्सिजन ल्याईने जानकारी दिए ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत् साँझ साढे ७ बजेतिर ४० थान अक्सिजन सिलिन्डर भैरहवास्थित गौतम बुद्ध विमानस्थल परिसरमा झारिएको बुटवल उपमहानगर प्रमुख शिवराज सुबेदीले बताए ।

रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पताल र प्रादेशिक अस्पतालमा १ सय १६ जना बिरामीलाई अक्सिजन सहित राखिएको छ भने भिम अस्पतालमा ७० बढी कोरोना संक्रमितले अक्सिजन लिइरहेका छन् ।

अक्सिजनको नियमित आपुर्ति रोकिएपछि अस्पताल भर्ना भएका विरामीहरु ज्यान जोखिममा परेको छ ।

बिहिबार बिहान पनि हेलिकप्टरबाट थप अक्सिजन सिलिण्डर ल्याउने तयारी भएको प्रजिअ तामाङले बताए ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ८ : ५३ बजे

नागरिकको सुरक्षा हुनेगरी मनसुनको पूर्वतयारी गर्न गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आमनागरिकको सुरक्षा हुनेगरी मनसुन पूर्वतयारी

ओली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप

रविको अभियोगपत्र फिर्ता विरुद्धको रिट सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको