१५ चैत्र २०८२, आइतबार | March 29, 2026

काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि थप कडा, अत्यावश्यक बाहेकका सबै कार्यालय बन्द



काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि अत्यावश्यक बाहेकका सबै कार्यालयहरु बन्द हुनेभएका छन् ।

आजबाट जेठ १३ गतेसम्म थपिएको निषेधाज्ञामा अत्यावश्यक बाहेकका सबै कार्यालयहरु बन्द गर्ने निर्णय भएको हो ।

कोरोना भाइरसको संक्रमणको जोखिम झन बढ्दो क्रममा रहेका कारण निषेधाज्ञालाई कडा बनाउँदै थप गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताएका छन् । अत्यावश्यक सेवाका कार्यालयहरुले समेत न्यूनतम जनशक्तिमा सेवा प्रवाह गर्नेछन् ।

बुधबार बसेको उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जेठ १३ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरेको थियो । अन्यावश्यक दैनिक उपभोग्य खाद्यवस्तुको खरिदका लागि पसलहरु बिहान १० बजेसम्म खुला हुनेछन् । यस्तै, सबैप्रकारको भीडभाड हुने गतिविधिमा रोक लगाइएको छ ।

आम सर्वसाधारणलाई खाद्यवस्तु र औषधी खरिदमा बाहेक अन्य प्रयोजनका लागि घरबाहिर हिँडडुल गर्न रोक लगाइएको छ । अत्यावश्यक सेवाका सवारी साधनहरु बाहेक अन्य सवारी साधनहरु जेठ १३ राति १२ बजेसम्म संचालनमा आउन पाउनेछैनन् । ढुवानी, बिरामी तथा कुरुवा (बढीमा दुई जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन भने सञ्चालन गर्न पाइनेछ ।

उपत्यकामा बैशाख १६ गतेदेखि बिहानदेखि निषेधाज्ञा सुरुभएको थियो । २२ गतेसम्मका लागि लगाइएको निषेधाज्ञालाई पछि २९ गतेसम्म लम्ब्याइएको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ८ : २१ बजे

नागरिकको सुरक्षा हुनेगरी मनसुनको पूर्वतयारी गर्न गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आमनागरिकको सुरक्षा हुनेगरी मनसुन पूर्वतयारी

ओली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप

रविको अभियोगपत्र फिर्ता विरुद्धको रिट सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको