१९ असार २०८३, शुक्रबार | July 3, 2026

अपरान्ह ४ बजेसम्म माग पुरा गर्न नेपाल-खनाल पक्षद्वारा ओलीलाई दबाब



काठमाडौं । नेकपा एमालेका माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई फेरि दबाब दिएका छन् ।

यसअघि पनि पटकपटक दबाब दिँदै पछि हट्दै आएका नेपाल-खनाल समुहले बिहीबार अपरान्ह ४ बजेसम्म आफुहरुले उठाउँदै आएका एजेण्डामा प्रतिवद्धता जनाउन ओलीलाई समय दिएका हुन् ।

२६ गते राति वरिष्ठ नेता नेपालले ओलीलाई पठाएको ६ बुँदे माग सम्बोधन गर्नुपर्ने रावलको भनाइ छ । त्यो बेलासम्म पनि मागबारे सहमति नजनाए आफुहरुले राजीनामा दिने नेता भीम रावलले बताए । रावलले यसअघि नै राजीनामा दिइहाल्नुपर्ने मत राख्दै आएका छन् । तर, नेपाल खनाल समुहभित्रै ओली पक्षसँग कसरी प्रस्तुत हुने सम्बन्धमा एकमत नबनेका कारण यसअघि वैशाख २७ गते पनि उनीहरुको सामुहिक राजीनामाको अल्टिमेटम संसद बहिस्कारमा पुगेर टुंगिएको थियो ।

नेपाल खनाल पक्ष निकट स्थायी कमिटी सदस्यहरुको बैठक अपरान्ह ४ बजे बस्दैछ । सो बैठक अगाडि अध्यक्ष ओलीले आफ्ना माग पुरा गरुन भन्ने यो पक्ष चाहन्छ । अध्यक्ष ओलीले भने आजै बिहान स्थायी कमिटी बैठकमार्फत नेता नेपालसहित रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलाई गरेको ६ महिनासम्मको निलम्बनको कारवाही फिर्ता गरेका थिए । अ‍ोलीले पार्टी एकता जोगाउने भन्दै कारवाही फिर्ता लिएसँगै नेता नेपाललाई फोन गरेर छलफलको प्रस्ताव गरिसकेका छन् ।

नेपाल खनाल पक्षका योगेश भट्टराई र सुरेन्द्र पाण्डेले कारवाही फिर्ता सकारात्मक भएको भन्दै जेठ २ अघिको स्थायी कमिटी बैठक बस्नुपर्ने माग गरेका छन् ।

नेपाल खनाल पक्षका कम्तिमा २० जना सांसदले राजीनामा नदिए विपक्षी कांग्रेस माओवादी र जसपाको यादव पक्षको गठबन्धनले नयाँ सरकार बनाउने उद्देश्य समाप्त हुन्छ । यसअघि नेपाल पक्षले विपक्षी गठबन्धनलाई सरकार बनाउन सहयोग पुग्नेगरी आफु निकटका सांसदहरुले राजीनामा दिएर ओलीलाई प्रधानमन्त्रीबाट हटाउने प्रतिवद्धता जनाएका थिए ।

 

 

 

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  १ : ०७ बजे

‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ स्थापना हुने

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशको प्रशासनिक कार्यकुशलता र सुशासनलाई

रुपन्देहीका बिभिन्न स्थानबाट सुनको सिक्री लूटपाट गर्ने ५ जना पक्राउ

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुबाट फरक फरक मितिहरुमा सुनका

एक महिनामा मुस्ताङ भित्रिए ८० हजार विदेशी पर्यटक

मुस्ताङ । सन् २०२६ को जुन महिनामा ८० हजार २५३

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ

आज २५ अर्बको ऋणपत्र जारी हुँदै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रु २५ अर्ब बराबरको