१९ असार २०८३, शुक्रबार | July 3, 2026

नयाँ सरकार बनाउने समयसीमा साँघुरिँदै जाँदा बूढानिलकण्ठमा देउवा र प्रचण्डबीच छलफल



काठमाडौं । वैकल्पिक सरकार गठनका लागि मुख्य भूमिका खेलिरहेका कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको छ ।

देउवा निवास बूढानिलकण्ठमा भैरहेको भेटवार्तामा सरकार गठनका लागि समय घर्किँदै जाँदा कसरी अगाडि बढ्ने विषयमा छलफल हुँदैछ ।
राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि दिएको समय आज राति ९ बजे सकिँदैछ । तर, अझै पनि देउवा र प्रचण्डले बहुमत जुटाउन सक्ने सुत्र फेला पारेका छैनन् । जसपाको उपेन्द्र यादव पक्षले समर्थन

गर्ने पक्का छ । तर, एमालेको नेपाल खनाल समुहका सांसदले राजीनामा दिएनन् भने नयाँ सरकार बनाउने योजना समाप्त हुन्छ । देउवा र प्रचण्डले बुढानिलकण्ठमै भैरहेको केपी शर्मा ओली र माधवकुमार नेपालबीचको वार्ताको निस्कर्षलाई नियालीरहेका छन् ।

यसअघि देउवाले जसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोसँग छलफल गरेका थिए । ठाकुरले आफुहरुले समर्थन गर्न नसक्ने जनाउँदै उपेन्द्र यादवले दिने समर्थन समेत राष्ट्रपतिले अस्वीकार गर्ने बताएका थिए ।

देउवाले अपरान्ह ४ बजे पार्टीको पदाधिकारी बैठक पनि बोलाएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ३ : २२ बजे

‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ स्थापना हुने

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशको प्रशासनिक कार्यकुशलता र सुशासनलाई

रुपन्देहीका बिभिन्न स्थानबाट सुनको सिक्री लूटपाट गर्ने ५ जना पक्राउ

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुबाट फरक फरक मितिहरुमा सुनका

एक महिनामा मुस्ताङ भित्रिए ८० हजार विदेशी पर्यटक

मुस्ताङ । सन् २०२६ को जुन महिनामा ८० हजार २५३

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ

आज २५ अर्बको ऋणपत्र जारी हुँदै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रु २५ अर्ब बराबरको