५ पुस २०८२, शनिबार | December 20, 2025

निजी अस्पताललाई १५ दिन भित्र अक्सिजन प्लान्ट जडान गर्न सरकारको निर्देशन



काठमाडौं । एक सय बेड भएका सम्पूर्ण निजी अस्पतालहरूलाई १५ दिन भित्र अक्सिजन प्लान्ट जडान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।

बिहीबार मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै अस्पतालमा अनिवार्य अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको हो ।

अक्सिजनको आपूर्ति सहज बनाउन कम्तिमा सय बेड भएका सम्पूर्ण निजी अस्पतालहरुलाइ पन्ध्रदिन भित्र अक्सिजन प्लान्ट जडान गरी मन्त्रालयमा जानकारी गराउन स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीद्वारा जारी सूचनामा भनिएको छ ।

संक्रिमितहरूलाई आवश्यक अक्सिजनको माग दिनानुदिन बढीरहेको र आपूर्ति प्रक्रिया दिनानुदिन थप जटिल बन्दै गएको सूचनामा उल्लेख छ । अस्पतालले अक्सिजन जडान गर्दा लाग्ने सम्पूर्ण भन्सार शुल्क छुट हुने जनाईएको छ ।

 

 

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ५ : ४५ बजे

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ । नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल