४ पुस २०८२, शुक्रबार | December 19, 2025

भेरी अस्पतालमा स्वचालित ‘एक्सट्राक्सन किट’ सकिएपछि बाँकेमा कोरोना संक्रमणकाे दर घट्यो



नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जको पीसीआर प्रयोगशालामा स्वचालित एक्सट्राक्सन किट सकिएपछि निकै थोरै संख्यामा पीसीआर परीक्षणको रिपोर्ट आउन थालेको छ । स्वचालिन एक्सट्राक्सन किट सकिएर हातेबिधिबाट पीसीआर परीक्षण गरिएका कारण रिपोर्ट धिला आउने र कम संख्यामा मात्र नमुना परीक्षण हुने गरेको प्रयोगशालाले जनाएको छ । बाँकेमा केहि दिन देखि भेरी अस्पतालको प्रयोगशालाको रिपोर्ट २ दिनको एक पटक आउन थालेको थियो ।

माज्दात स्वचालित एक्सट्राक्सन किट सकिएका कारण नमुना धेरै जम्मा भएपनि नतिजा धिलोगरि आउने गरेको भेरी अस्पताल पीसीआर प्रयोगशाला बिभागका प्रमुख प्रचण्ड गौतमले बताए । आज किड आईपुगेको छ, भोलिबाट छिटो रिपोर्ट आउने छ । उनले भने । गौतमका अनुसार २ दिनमा अस्पतालमा १००० बढी नमुना संकलन भईसकेको छ ।

आज पनि भेरी अस्पतालको रिपोर्ट प्राप्त नहुँदा बाँकेमा संक्रमण पुष्टि हुने संख्याको दर घटेको देखिएको छ । २ वटा ल्यावबाट प्राप्त रिपोर्टमा बाँकेमा आज २३५ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगन्ज मेडिकल कलेज प्रयोगशालामा १७८ नमुना परीक्षण गरिएकोमा १०० जनामा संक्रमण पुष्टि भएको छ भने बागेश्वरी ल्यावमा २२७ नमुना परीक्षण गर्दा १३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २३५ मध्य बाँकेका १३५ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो । कम नमुना परीक्षणका सम्बन्धमा बुझ्न नेपालगन्ज मेडिकल कलेजका उप निर्देशक डा. नितेश कनोडियाको माबाईल उठेन ।

डीसीसीएमसी बाँकेका अनुसार बाँकेमा पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ भने ६२१ जना कोरोना मुक्ता भएका छन् । मृत्यु हुनेमा बाँकेका ९ जना र ५ जना बाँके बाहिरका हुन् ।’

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ५ : ४९ बजे

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी