१७ श्रावण २०८३, आइतबार | August 2, 2026

रुपन्देहीमा २४ घण्टाका बीचमा १८ जना कोरोना संक्रमितको मृत्यु



बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधिमा १८ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । रुपन्देहीमा सोही समयावधीमा ज्यान गुमाएको संख्या अहिले सम्मकै बढी संख्या हो । २४ घण्टाकैबीचमा जिल्लामा १२९७ नमुना परीक्षण गर्दा ४९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोही अवधीमा ४९२ जना कोरोना मुक्त भएका छन् ।

आज रुपन्देहीको बुटवल उपमहानगरमा १९४ जना, तिलोत्तमामा १३० जना, सिद्धार्थनगरमा ४५ जना, सैनामैनामा ४१ जना, देवदह र कञ्चनमा २०।२० जना कोरोना संक्रमित थपिएका छन् । त्यसैगरि सियारीमा ११ जना, कोटहिमाईमा ९ जना, ओमसतियामा ८, सुद्धोधनमा ५ जना, गैडहवामा ४ जना, मायादेबीमा ३, रोहिणीमा २ र लुम्बिनी साँस्कृतिक नगर तथा सम्मरीमाईमा १।१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

जिल्लामा मृत्यु हुनेको संख्या ३२७ पुगेको छ भने रुपन्देहीमा ७४७० जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ७ : ०६ बजे

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार

सुस्तामा भारतीय एसएसबीको प्रवेश, निर्माणाधीन बाँध भत्काए

बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आइतबार भारतीय सशस्त्र सीमा

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड

चौंथो स्थापना दिवसमा स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाजद्वारा रक्तदान, ४३ युनिट रगत संकलन

बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले आफ्नो चौंथो