४ आश्विन २०८३, आइतबार | September 21, 2026

बहुमतको सरकार दाबी नगर्ने माओवादी केन्द्रको निष्कर्ष



काठमाडौं । नेकपा माओवादी केन्द्रले बहुमतको सरकार दाबी नगर्ने निष्कर्ष निकालेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेर फर्किएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले डाकेको स्थायी कमिटी बैठकले बहुमतको दाबी गरी राष्ट्रपति कहाँ नजाने निर्णय गरेको हो ।

एमालेको माधवकुमार नेपाल पक्षले तत्काल राजीनामा नदिने निर्णय गरेपछि माओवादी केन्द्रले यस्तो निर्णय गरेको हो । उता कांग्रेसले पनि बहुमत जुटाउन नसकेको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बहुमत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकारमा दाबी गर्न बिहीबार ९ राती बजेसम्मको समयसीमा दिएकी थिइन । एमालेको माधवकुमार नेपाल समूहका सांसदले राजीनामा नदिएपछि अब बहुमतको सरकार बन्ने सम्भावना पनि लगभग सकिएको छ ।

त्यस समयभित्र दलहरूले सहमति जुटाउन नसके राष्ट्रपतिले संविधानको धारा ७६(३) अनुसार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछिन ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ७ : २७ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन