५ पुस २०८२, शनिबार | December 20, 2025

बहुमतको सरकार दाबी नगर्ने माओवादी केन्द्रको निष्कर्ष



काठमाडौं । नेकपा माओवादी केन्द्रले बहुमतको सरकार दाबी नगर्ने निष्कर्ष निकालेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेर फर्किएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले डाकेको स्थायी कमिटी बैठकले बहुमतको दाबी गरी राष्ट्रपति कहाँ नजाने निर्णय गरेको हो ।

एमालेको माधवकुमार नेपाल पक्षले तत्काल राजीनामा नदिने निर्णय गरेपछि माओवादी केन्द्रले यस्तो निर्णय गरेको हो । उता कांग्रेसले पनि बहुमत जुटाउन नसकेको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बहुमत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकारमा दाबी गर्न बिहीबार ९ राती बजेसम्मको समयसीमा दिएकी थिइन । एमालेको माधवकुमार नेपाल समूहका सांसदले राजीनामा नदिएपछि अब बहुमतको सरकार बन्ने सम्भावना पनि लगभग सकिएको छ ।

त्यस समयभित्र दलहरूले सहमति जुटाउन नसके राष्ट्रपतिले संविधानको धारा ७६(३) अनुसार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछिन ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ७ : २७ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र