७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

प्रधानमन्त्री ओलीको प्रश्न : आफुले सरकार बनाउन नसक्ने, अर्कोले बनाउँदा प्रतिगमन देख्ने ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक संकटमा परेको बेलामा आफ्नो स्वार्थको रोटी सेक्न खोज्ने प्रवृति अस्वीकार्य भएको बताएका छन् ।

सिंहदरबार पुगेर पदभार ग्रहण गरेका ओलीले मन्त्रीहरु र सरकारका सचिवहरुलाई निर्देशन दिँदै सबैखाले खराब प्रवृत्तिलाई अस्वीकार गर्दै कोरोना संकट समाधानमा केन्द्रित हुनुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले देश महामारीले संकटमा परेको बेला केही मान्छेहरुले आफ्नो स्वार्थसिद्धिका लागि देशलाई नै विकराल अवस्थामा पुर्याउन खोजेको आरोप लगाए । उनले देशलाई संकटमा पुर्याएर रोटी सेक्ने प्रवृति विरुद्ध सबै एकजुट भएर प्रतिवाद गर्नुपर्ने धारणा राखे ।

ओलीले मुलुकमा तथाकथित प्रतिगमन भएको भन्ने नाममा शान्ति कायम गर्न नदिने स्थिरता हुन नदिने तत्वहरु अझै सक्रिय रहेको जिकिर गरे । उनले भने, ‘आफुले सरकार बनाउन नसक्ने अनि अरुलाई प्रतिगमन देख्ने ? नक्कली क्रान्तिकारी चश्मा लगाएर आम जनतालाई निराशा मात्रै बाँढ्नेहरुबाट सतर्क रहनुपर्छ ।’ देशप्रति जनता प्रति चिन्तित नहुने र आफ्नो स्वार्थप्रति मात्र केन्द्रित हुने प्रवृति स्वीकार्य हुँदैन ।

ओलीले भने, ‘यतिबेला विभिन्न प्रकारले अस्वस्थ अनुचित र तनावयुक्त वातावरण बनाउने, सरकारका प्रयासहरुलाई असफल पार्न खोज्ने, उचित प्रयासलाई भ्रमपूर्ण ढंगले प्रचार गर्ने काम भैरहेको छ । जण्डिसको बिरामीले जस्तो जता पनि पहेँलो देख्ने प्रवृतिले जता पनि भ्रष्टाचार भैरहेको देखेको छ । त्यो प्रवृतिले राम्रो काम गर्ने व्यक्ति र संस्थालाई पनि भ्रष्टाचारी देखेर हतोत्साही पार्ने गरिरहेको छ ।’

मानव जाति नै संकटमा भएको बेलामा कसैले भ्रष्टाचार गर्छ या अनुचित लाभ लिन खोज्छ भने तिनीहरु विरुद्ध कडाईपूर्वक लाग्ने ओलीले दाबी गरे । उनले यदि कसैले स्वास्थ्य सेवा उपलब्ध गराउने सवालमा, औषधी उपकरण आदिमा बिरामी या आफन्तबाट अनुचित लाभ लिन्छ भने कडाइपूर्व रोक्ने र कारवाही गर्ने चेतावनी दिए ।

प्रधानमन्त्री ओलीले कोरोना महामारी नियन्त्रणका लागि राज्यको सबै सामथ्र्य लगाउने प्रतिवद्धता जनाए। उनले भन, ‘कोभिड–१९ महामारी नियन्त्रणमा सरकारका सबै सामथ्र्य केन्द्रित गरिनेछ । राज्यका सबै अंग यसमा परिचालन गरिनेछ र परिचालित हुन म आग्रह गर्दछु ।’ ओलीले महामारीको समयमा सेवाभावका साथ सहयोग गर्न सबैलाई आग्रह पनि गरे ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ४ : १९ बजे

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा

प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा । गण्डकी प्रदेश सभाको बैठकमा प्रतिपक्षी बेन्च खाली भएपछि