१८ चैत्र २०८२, बुधबार | April 1, 2026

प्रधानमन्त्री ओलीको प्रश्न : आफुले सरकार बनाउन नसक्ने, अर्कोले बनाउँदा प्रतिगमन देख्ने ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक संकटमा परेको बेलामा आफ्नो स्वार्थको रोटी सेक्न खोज्ने प्रवृति अस्वीकार्य भएको बताएका छन् ।

सिंहदरबार पुगेर पदभार ग्रहण गरेका ओलीले मन्त्रीहरु र सरकारका सचिवहरुलाई निर्देशन दिँदै सबैखाले खराब प्रवृत्तिलाई अस्वीकार गर्दै कोरोना संकट समाधानमा केन्द्रित हुनुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले देश महामारीले संकटमा परेको बेला केही मान्छेहरुले आफ्नो स्वार्थसिद्धिका लागि देशलाई नै विकराल अवस्थामा पुर्याउन खोजेको आरोप लगाए । उनले देशलाई संकटमा पुर्याएर रोटी सेक्ने प्रवृति विरुद्ध सबै एकजुट भएर प्रतिवाद गर्नुपर्ने धारणा राखे ।

ओलीले मुलुकमा तथाकथित प्रतिगमन भएको भन्ने नाममा शान्ति कायम गर्न नदिने स्थिरता हुन नदिने तत्वहरु अझै सक्रिय रहेको जिकिर गरे । उनले भने, ‘आफुले सरकार बनाउन नसक्ने अनि अरुलाई प्रतिगमन देख्ने ? नक्कली क्रान्तिकारी चश्मा लगाएर आम जनतालाई निराशा मात्रै बाँढ्नेहरुबाट सतर्क रहनुपर्छ ।’ देशप्रति जनता प्रति चिन्तित नहुने र आफ्नो स्वार्थप्रति मात्र केन्द्रित हुने प्रवृति स्वीकार्य हुँदैन ।

ओलीले भने, ‘यतिबेला विभिन्न प्रकारले अस्वस्थ अनुचित र तनावयुक्त वातावरण बनाउने, सरकारका प्रयासहरुलाई असफल पार्न खोज्ने, उचित प्रयासलाई भ्रमपूर्ण ढंगले प्रचार गर्ने काम भैरहेको छ । जण्डिसको बिरामीले जस्तो जता पनि पहेँलो देख्ने प्रवृतिले जता पनि भ्रष्टाचार भैरहेको देखेको छ । त्यो प्रवृतिले राम्रो काम गर्ने व्यक्ति र संस्थालाई पनि भ्रष्टाचारी देखेर हतोत्साही पार्ने गरिरहेको छ ।’

मानव जाति नै संकटमा भएको बेलामा कसैले भ्रष्टाचार गर्छ या अनुचित लाभ लिन खोज्छ भने तिनीहरु विरुद्ध कडाईपूर्वक लाग्ने ओलीले दाबी गरे । उनले यदि कसैले स्वास्थ्य सेवा उपलब्ध गराउने सवालमा, औषधी उपकरण आदिमा बिरामी या आफन्तबाट अनुचित लाभ लिन्छ भने कडाइपूर्व रोक्ने र कारवाही गर्ने चेतावनी दिए ।

प्रधानमन्त्री ओलीले कोरोना महामारी नियन्त्रणका लागि राज्यको सबै सामथ्र्य लगाउने प्रतिवद्धता जनाए। उनले भन, ‘कोभिड–१९ महामारी नियन्त्रणमा सरकारका सबै सामथ्र्य केन्द्रित गरिनेछ । राज्यका सबै अंग यसमा परिचालन गरिनेछ र परिचालित हुन म आग्रह गर्दछु ।’ ओलीले महामारीको समयमा सेवाभावका साथ सहयोग गर्न सबैलाई आग्रह पनि गरे ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ४ : १९ बजे

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग

काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौँ । काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

भोलिबाट एसईई परीक्षा : ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यामिक शिक्षा परीक्षा (एसईई)

राष्ट्रिय सुरक्षाको विषयलाई पुनः परिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर

इरान विरुद्ध अमेरिका-इजरायल युद्ध : अवसर खोज्ने चिनियाँ चुपचाप रणनीति

“जब तपाईंको शत्रुले गल्ती गरिरहेको हुन्छ, उसलाई कहिल्यै अवरोध नगर।”