७ श्रावण २०८३, बिहिबार | July 23, 2026

सगरमाथा आरोहणमा चीनले लगायो अनिश्चितकालिन रोक



काठमाडौँ । नेपालमा कोरोना संक्रमणले माहामारीको रुप ग्रहण गरेको भन्दै चीनले तिब्बत तर्फबाट हुने सगरमाथाको आरोहणमा रोक लगाएको छ । सगरमाथाको उत्तरी मोहडाबाट हुने सगरमाथा आरोहणलाई चीनले अनिश्चितकालका लागि रोक लगाएको हो । सगरमाथा आधारशिविरबाट फर्केका केहि ब्यक्तिहरुलाई कोरोना पुष्टि भएको भन्दै चीनले सगरमाथा आरोहणमा रोक लगाएको हो । केहिदिन अगाडी सगरमाथाको आधारशिविरबाट फर्केका कम्तीमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसैलाई आधार बनाउँदै चीनले नेपालमा कोरोना संक्रमण बढिरहेको र त्यसको असर आधार शिविरसम्म देखिएको भन्दै चीनले सगरमाथा आरोहणमा रोक लगाएको हो ।

हिमाल आरोहणबाट नेपालमा फैलिएको माहामारी चीनमा भित्रिन सक्ने भन्दै आरोहण स्थगित गरिएको चिनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ । शुक्रबार चिनियाँ खेलकुद प्रशासनले सूचना जारी गर्दै आरोहण स्थगित भएको सुचित गरेको छ । चीनमा पछिल्लो समय कोरोना भाइरस नियन्त्रणउन्मुख रहेको छ ।

मई महिना सगरमाथा आरोहणका लागि उत्तम महिना मानिन्छ । चीनले यस सिजनमा ३८ जना चिनियाँ नागरिकलाई मात्र सगरमाथा आरोहणको अनुमति दिएको थियो । नेपालले भने यस वर्ष ४ सय ८ जनालाई सगरमाथा आरोहणको अनुमति प्रदान गरेको छ । गत वर्ष कोरोना महामारीका कारण दुवैतर्फबाट आरोहण अनुमती दिईएको थिएन ।

यसअघि चीनले सगरमाथाको चुचरोमा रेखांकन गरेर नेपालतर्फबाट आरोहीबाट संक्रमण हुनबाट बच्ने बताएको थियो । तर त्यो रेखा कस्तो हुने र कसरी कोर्ने भन्नेबारे भने उसले केही खुलाएको थिएन ।

 

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  ३ : ३९ बजे

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशुसेवा विभाग

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका