२३ बैशाख २०८१, आइतबार | May 5, 2024

सगरमाथा आरोहणमा चीनले लगायो अनिश्चितकालिन रोक



काठमाडौँ । नेपालमा कोरोना संक्रमणले माहामारीको रुप ग्रहण गरेको भन्दै चीनले तिब्बत तर्फबाट हुने सगरमाथाको आरोहणमा रोक लगाएको छ । सगरमाथाको उत्तरी मोहडाबाट हुने सगरमाथा आरोहणलाई चीनले अनिश्चितकालका लागि रोक लगाएको हो । सगरमाथा आधारशिविरबाट फर्केका केहि ब्यक्तिहरुलाई कोरोना पुष्टि भएको भन्दै चीनले सगरमाथा आरोहणमा रोक लगाएको हो । केहिदिन अगाडी सगरमाथाको आधारशिविरबाट फर्केका कम्तीमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसैलाई आधार बनाउँदै चीनले नेपालमा कोरोना संक्रमण बढिरहेको र त्यसको असर आधार शिविरसम्म देखिएको भन्दै चीनले सगरमाथा आरोहणमा रोक लगाएको हो ।

हिमाल आरोहणबाट नेपालमा फैलिएको माहामारी चीनमा भित्रिन सक्ने भन्दै आरोहण स्थगित गरिएको चिनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ । शुक्रबार चिनियाँ खेलकुद प्रशासनले सूचना जारी गर्दै आरोहण स्थगित भएको सुचित गरेको छ । चीनमा पछिल्लो समय कोरोना भाइरस नियन्त्रणउन्मुख रहेको छ ।

मई महिना सगरमाथा आरोहणका लागि उत्तम महिना मानिन्छ । चीनले यस सिजनमा ३८ जना चिनियाँ नागरिकलाई मात्र सगरमाथा आरोहणको अनुमति दिएको थियो । नेपालले भने यस वर्ष ४ सय ८ जनालाई सगरमाथा आरोहणको अनुमति प्रदान गरेको छ । गत वर्ष कोरोना महामारीका कारण दुवैतर्फबाट आरोहण अनुमती दिईएको थिएन ।

यसअघि चीनले सगरमाथाको चुचरोमा रेखांकन गरेर नेपालतर्फबाट आरोहीबाट संक्रमण हुनबाट बच्ने बताएको थियो । तर त्यो रेखा कस्तो हुने र कसरी कोर्ने भन्नेबारे भने उसले केही खुलाएको थिएन ।

 

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  ३ : ३९ बजे

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ