७ आश्विन २०८३, बुधबार | September 23, 2026

निषेधाज्ञाकै बीच तानियो रातो मच्छेन्द्रनाथको रथ



काठमाडौं । कोरोना महामारीका बीच वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ आज तानिएको छ ।

हरेक वर्ष मच्छिन्द्रनाथलाई रथारोहण गरिएको चौथो दिनमा रथ तान्ने चलन छ । कोरोना संक्रमणको जोखिम बढे पछि मच्छिन्द्रनाथको रथलाई सांकेतिक रुपमा तानेर बुङमती लगिने छ ।

रथमा बिराजमान मच्छिन्द्रनाथको बिहानको नित्य पूजा पछि हल्लाइएको थियो भने अपरान्ह रथ तानिएको हो । गत बुधबार वैशाख शुक्ल पक्ष प्रतिपदाका दिन साँझ छ बजेर १७ मिनेटमा करुणामय पनि मानिने मच्छिन्द्रनाथलाई रथारोहण गराइएको थियो ।

यस वर्ष कोरोना महामारीका कारण भीडभाड गर्न र बढी मानिस जम्मा हुन नदिन जिल्ला प्रशासन कार्यालयले शनिबार राति १० बजेसम्मका लागि विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र समेत तोकेको छ । गत वर्ष रथ तान्ने विषयमा विवाद हुँदा स्थानीय र प्रहरीबीच झडप भएको थियो ।

यसै विषयलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले रातो मच्छिन्द्र नाथको रथ रहेको आसपास क्षेत्रमा पूर्वमा निषेधित क्षेत्र तोकेको छ । रथलाई तानिने स्थानलाई केन्द्रमा राखेर ५०० मी को दूरीमा निषेधित क्षेत्र तोकेको छ । कोरोना महामारीका विचमा पनि मानिसहरु सयौँको संख्यामा उपस्थित भएर रथ तानिएको छ ।

अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष रथ तान्दा केही हदसम्म भौतिक दुरी कायम गरिएको छ । कोरोना संक्रमणको जोखिमले रथलाई पुरा शहर नघुमाइ पुल्चोक रथ बनाएको स्थाबाट उत्तर तर्फ रहेको सोह्रखुट्टेपाटी सम्म तानेर (करिब ३० मिटर अगाडि) जात्रा विसर्जन गरिने छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  ७ : १४ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११