५ पुस २०८२, शनिबार | December 20, 2025

महामारीमा भ्रष्टाचार गर्ने कसैलाई पनि छाडिदैन : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ महामारीका बेला आवश्यक स्वास्थ्य सामाग्री खरिदका क्रममा भ्रष्टाचार गर्नेलाई कडा कारवाही गर्ने चेतावनी दिएका छन् ।

कोभिड-१९ महामारीका कारण उत्पन्न संकट समाधानका लागि शनिबार बालुवाटारमा सरोकारवाला निकायसँगको छलफलका क्रममा उनले स्वास्थ्य सामाग्री खरिदका क्रममा भ्रष्टाचारको कुरा उठेको भन्दै भ्रष्टाचार गर्ने कसैलाई पनि नछाडिने बताएका हुन ।

प्रधानमन्त्री ओलीले अक्सिजन आयातको सवै व्यवस्था मिलाउन र नेपालमा पनि उत्पादनका साथै सहज वितरण गर्न निर्देशन दिए । उनले सावधानि नअपनाएका कारण नै नेपालमा दोश्रो चरणको कोरोना महामारी फैलिएको धारणा राखे ।

प्रधानमन्त्री ओली कोरोना महामारी न्युनीकरण र नियन्त्रणका लागि सरकार गम्भीर रहेको यसमा सवै सरोकारवालाहरुको सहभागीता आवश्यक रहेको जिकिर गरे ।

उनले सरकारी संयन्त्रबीच नै समन्वयको अभाव देखिएको र यसको प्रभाव कोरोना उपचारमा देखिएको उल्लेख गरे । उनले कोरोना रोकथाममा गरेका सरकारी प्रयासलाई नकारात्मक रुपमा टिप्पणी र भ्रम नछर्न आग्रह गरे ।

सरकारको सम्पूर्ण ध्यान अब कोभिड संकट नियन्त्रण रोकथाममा केन्द्रित रहेको उनको भनाई छ । छलफलमा सरकारका सबै मन्त्री, सम्बन्धित उच्च सरकारी अधिकारी र विज्ञसहित सहभागी थिए ।

उनीहरुले कोरोना नियन्त्रण र उपचारका लागि सुझाव पनि दिएका छन । सुझावका आधारमा सरकारले अझ प्रभावकारी कार्ययोजना अघि बढाउने प्रधानमन्त्री ओलीले बताए ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  ९ : ४९ बजे

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन