१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

काठमाडौंमा आजबाट चिनियाँ खोप ‘भेरोसेल’ को दोस्रो डोज दिइदै



काठमाडौं । कोरोना भाइरसविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’को पहिलो डोज लगाएका व्यक्तिलाई आजबाट काठमाडौंमा दोस्रो डोज खोप लगाइँदै छ ।

आज बिहान १० बजेदेखि काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा खोप कार्यक्रम शुरु हुने भएको छ । भेरोसेलको पहिलो डोज लगाउँदा केही निश्चित अस्पताल तोकिएको भए पनि दोस्रो डोजका लागि प्रत्येक वडामा खोप केन्द्र तोकिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरले खोप केन्द्र र समन्वयकर्ताको विवरण सार्वजनिक गरेको छ । गत चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म भेरोसेलको पहिलो डोज लगाएका १८ वर्षदेखि ५९ वर्षसम्मका नागरिकलाई दोस्रो डोज लगाइनेछ ।

खोपको दोस्रो डोज लगाउनका लागी यसअघि दिएको कार्ड ल्याउन आग्रह गरिएको छ । त्यससँगै आफ्नो परिचय खुल्ने कागजात ल्याउन पनि महानगरले आग्रह गरेको छ ।

आज पहिलो दिन गत चैत २५ देखि २८ गतेसम्म पहिलो डोज लगाएकाले दोस्रो डोज पाउनेछन । त्यस्तै, चैत २९ र ३० गते पहिलो डोज लगाएकाले जेठ ३ गते दोस्रो डोज पाउने छन ।

यसैगरी गत चैत ३१ गते र वैशाख २ गते पहिलो डोज लगाएकाहरूलाई जेठ ४ गते दोस्रो लगाइने महानगरले जनाएको छ । वैशाख ३ र ४ गते पहिलो लगाएकाले जेठ ५ गते दोस्रो डोज पाउनेछन ।

महानगरका अनुसार वैशाख ५ र ६ गते पहिलो डोज लगाएकालाई जेठ ६ गते दोस्रो डोज दिइनेछ भने वैशाख ७ देखि १० गते पहिलो खोप लगाएकाहरूले जेठ ७ गते दोस्रो डोज लगाउन पाउनेछन । यस्तै, वैशाख ११ र १२ गते पहिलो डोज लिएकालाई जेठ ८ गते दोस्रो डोज तोकिएको छ ।

महानगरले जारी गरेको सूचनामा वैशाख १३ गते पहिलो डोज लगाउनेले जेठ ९ गते, वैशाख १४ गते पहिलो डोज लगाउनेले जेठ १० गते तथा वैशाख १५ गते पहिलो डोज लगाउनेले जेठ ११ गते दोस्रो डोज लगाउन पाउने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ९ : ४८ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग