१६ चैत्र २०८२, सोमबार | March 30, 2026

प्रधानमन्त्रीले दोस्रोपटक सपथ गर्नुपर्ने माग गर्दै दायर रिट सर्वोच्चमा दर्ता, मंगलबार पेशी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिँदा गल्ती गरेको भन्दै पुनः सपथ गराउन माग गर्दै सर्वोच्च अदालतमा पेश गरिएको रिट दर्ता भएको छ ।

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीसहितले आइतबार पेश गरेको रिट सर्वोच्च प्रशासनले सोमबार दर्ता गरेको हो । यससम्बन्धी प्रारम्भिक सुनुवाई मंगलबार हुने गरी पेशी तोकिएको छ ।

प्रधानमन्त्रीले लिएको सपथ त्रुटीपूर्ण रहेको भन्दै वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले रिट हालेका हुन् ।

रिट निवेदकहरुले संविधानको धारा ८० अनुसार पुनः सपथ गराउन माग गरेका छन् । शपथ ग्रहणका वाक्यांश जानाजान छुटाएर प्रधानमन्त्री ओलीले शपथको गरिमा लत्याएको र राष्ट्राध्यक्षको मानमर्दन गरेको संवैधानिक कानूनका जानकारहरुले टिप्पणी गरेका छन् ।

प्रधानमन्त्रीले सपथ संविधानले नै तय गरेको सपथका महत्वपूर्ण अंश वाचन गर्न छुटाएका थिए । पछि राष्ट्रपतिले सच्चाउन आग्रह गर्दा तत्कालै ‘त्यो पर्दैन’ भन्ने अभिव्यक्ति दिएका थिए । लगत्तै राष्ट्रपतिले हाँस्दै ओलीको त्यो पर्दैनलाई छोडिदिएकी थिइन ।

ओलीले ‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति विद्या भण्डारीले शपथ गराउँदा ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश छुटाएका थिए।

यस्तै, रिट निवेदकहरुले प्रधानमन्त्री ओलीले सांसद नभएकालाई दोस्रो पटक मन्त्री बनाएको भन्दै त्यसको नियुक्ति बदरको माग समेत गरेका थिए । दोस्रोपटक मन्त्री नियुक्त गरिएका मणिचन्द्र थापा, दावा लामा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह, गौरीशंकर चौधरी र रामबहादुर थापा ‘बादल’को नियुक्ति बदर गर्न माग गरेका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  १२ : ४८ बजे

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी । मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण

‘पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा

लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा मध्यराति पक्राउ

काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन