१९ बैशाख २०८१, बुधबार | May 2, 2024

प्रधानमन्त्री ओलीको सपथ विरुद्ध परेको मुद्दाको आज सुनुवाइ हुँदै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहणका क्रममा ‘प्रतिज्ञा गर्छु’ भन्ने वाक्य भन्न इन्कार गर्दै ‘त्यो पर्देन’ भनेर लिएको सपथ विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको आज सुनुवाइ हुने भएको छ।

प्रधानमन्त्री ओलीले फेरि शपथ खानुपर्ने तथा पुनः सपथ नहुँदा सम्म प्रधानमन्त्री ओलीलाई काम गर्न रोक लगाउन माग गर्दै वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ताद्वय लोकेन्द्र ओली र सन्तोष भण्डारीले दिएको रिट निवेदनको सर्वोच्च अदालतले आज सुनुवाइ गर्ने भएको हो । सो सम्बन्धी मुद्दा सर्वोच्चमा सोमबार दर्ता भएको थियो ।

केपी शर्मा ओलीले शुक्रबार प्रधानमन्त्री पदको शपथ खाँदा ‘प्रतिज्ञा गर्छु’ भन्ने वाक्य राष्ट्रपति बिद्यादेबी भण्डारीबाट दुईपटक दोहोर्‍याउँदा पनि ‘त्यो पर्दैन’ भन्दै राष्ट्रपतिलाई जवाफ फर्काएका थिए ।

 

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ९ : ०३ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी