१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

चिनियाँ अनुदानका अक्सिजन सिलिण्डर र स्वास्थ्य सामाग्री यसै साता आइपुग्छ : राजदूत यान्छी



काठमाडौं । चीनले अनुदानमा दिएको अक्सिजन सिलिण्डर यसै साता नेपाल आइपुग्ने भएको छ ।

चिनियाँ राजदूत हाउ यान्छीले अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामाग्रीहरुको दोस्रो लट यसै साता नेपाल आइपुग्ने जनाएकी छिन् । राजदूत यान्छीले ट्वीटरमार्फत यसबारे जानकारी गराएकी हुन् ।

आइतबार मात्रै चिनियाँ अनुदानका अक्सिजन सिलिण्डर सडकमार्गहुँदै तातोपानी नाका आइपुगेको व्यापक हल्ला भएको थियो । उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकारले ती सिलिण्डर तातोपानी आइपुगेको समाचार संचारमाध्यमहरुलाई सम्प्रेषण गरेका थिए ।

ती सिलिण्डर अनुदानको नभै नेपाली व्यवसायीहरुले आफैले खरिद गरेर ल्याएका थिए । नेपाली व्यापारीले खरिद गरेका १८ हजार थान अक्सिजन सिलिन्डर चिनियाँ कन्टेनरमार्फत सोमबार मध्यान्न तातोपानी भन्सारमा झारिएको छ ।

https://twitter.com/PRCAmbNepal/status/1394233179003768833

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ४ : ४२ बजे

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ : प्रतिपक्षी

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलका सांसदहरूले जनताले सुम्पिएका

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

मोलुका । इन्डोनेसियाको मोलुका टापु आसपास बिहीबार बिहान ७.४ म्याग्निच्युडको

आज विश्व अटिजम सचेतना दिवस

काठमाडौं । आज विश्व अटिजम सचेतना दिवस हो । यो

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौं । श्री वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका

चैत्र शुक्ल पूर्णिमा : हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त