१६ चैत्र २०८२, सोमबार | March 30, 2026

बाँकेमा थपिए ७५ जना नयाँ कोरोना संक्रमित, ३६५ जना डिस्चार्ज, पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु



नेपालगन्ज । बाँकेमा उपचाररत कोरोना संक्रमितहरुको आज दिउँसो पनि साढे ६ घण्टाकाबीचमा ६ जनाको मृत्यु भएको छ । बिहान ९ः१५ बजेबाट ४ः४५ बजेका बीचमा ६ जना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुने मध्य २ जनाको नेपालगन्ज मेडिकल कलेज कोहलपुर र ४ जनाको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो ।

डीसीसीएमसीले दिएको जानकारी अनुसार बैशाख २३ गते मेडिकल कलेज कोहलपुर भर्ना भएकी तुलसीपुर दाङकी ४८ वर्षिया महिलाको आज बिहान ९ः१५ बजे मृत्यु भएको थियो भने २७ गते भेरी अस्पताल भर्ना भएकी खजुरा ३ की ६७ वर्षिया महिलाको ९ः४५ बजे मृत्यु भएको थियो । त्यस्तै २७ गते भेरी अस्पताल भर्ना भएका कैलारी ५ कैलालीका ३८ वर्षिय पुरुषको बहान १०ः१५ बजे, २७ गते मेडिकल कलेज कोहलपुर भर्ना भएका दंगिशरण ३ दाङका ६३ वर्षिय पुरुषको मध्यान्ह १२ बजे, जेठ १ गते भेरी अस्पताल भर्ना भएका तुलसीपुर दाङका ४५ वर्षिय पुरुषको ११ः४५ बजे र बैशाख ३१ गते भेरी अस्पताल भर्ना भएका गुर्भाकोट १३ सुर्खेतका ६८ वर्षिय पुरुषको ३ः४५ बजे मृत्यु भएको डीसीसीएमसी बांकेका कोरोना फेकलपर्शन तेज ओलीले जनाएका छन् ।

बाँकेको ३ वटा प्रयोगशाला मध्य भेरी अस्पतालको रिपोर्ट बाहेक बाँकेमा गरिएको पीसीआर परीक्षणमा १४९ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । २ वटा ल्यावमा गरिएको ३६३ नमुना परीक्षणमा १४९ जनामा संक्रमण पुष्टि भएको हो । आज बाँकेमा ७५ जनामामात्र कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा बाँकेमा १३ जनाको मृत्यु भएको छ भने ३६५ जना कोरोना मुक्त भएका छन् । मृत्यु हुनेमा बाँकेका ३ जना र १० जना जिल्ला बाहिरको रहेको कोरोना फोकलपर्शन ओलीले बताए । बाँकेमा आज सम्ममा जिल्ला भित्रका २४० जना र जिल्ला बाहिरका १९४ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भईसकेको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ५ : ५० बजे

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी । मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण

‘पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा

लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा मध्यराति पक्राउ

काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन