१६ चैत्र २०८२, सोमबार | March 30, 2026

रुपन्देहीले दियो खुसीको संकेत, ३७७ संक्रमित थपिँदा ११११ जना कोरोना मुक्त



बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा १३३६ नमुना परीक्षण गर्दा ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा २२३८ जनाको एन्टिजेन परीक्षण गर्दा ९५२ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लामा २४ घण्टाकै बीचमा ११ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ भने ११११ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लाको बुटवल उपमहानगरमा १६४ जना, तिलोत्तमामा ७६ जना, सैनामैनामा ३३ जना, देवदहमा ३१ जना, सिद्धार्थनगरमा २८ जना, सियारीमा ११ र ओमसतियामा १० जनामा संक्रमण पुष्टि भएको छ । अन्यपालिकाहरुमा १० जना भन्दा कम संक्रमित थपिएका छन् ।

रुपन्देहीमा आज सम्मामा मृत्यु हुनेको संख्या ३६२ पुगेको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ६ : १५ बजे

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी । मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण

‘पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा

लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा मध्यराति पक्राउ

काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन