६ श्रावण २०८३, बुधबार | July 22, 2026

बारामा घाँटी रेटी हत्या गरेको अवस्थामा दुई बालकको शव फेला



काठमाडौं । बारामा एकै परिवारका दुई दाजुभाइ बालकको शव भेटिएको छ । बाराको रंगपुरमा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा उनीहरुको शव फेला परेको हो ।

कलैया उपमहानगरपालिका-७ का अब्दुल रसार अन्सारीका दुई छोरा ९ वर्षीय उशमान र ७ वर्षीय अमिनको शव मंगलबार बिहान फेला परेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उनीहरु दुवैजना सहोदर दाजुभाइ हुन् ।

उनीहरु सोमबार हिजो दिउँसोबाट हराएका थिए । साँझ उनीहरुको खोजीसमेत गरिएको थियो । उनका बुबा वैदेशिक रोजगारीका लागि कतारमा छन् ।

‘घाँटी अगाडीबाट काटिएको अवस्थामा शव फेला परेको छ ।’ जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले बताए ।

उनले भने, “हत्याको कारणबारे अनुसन्धान सुरु गरेका छौं । पारिवारिक वा अन्य के कारण हो खोज्दैछौं । अहिले यसै भन्न सकिन्न । थप अनुसन्धान गर्दै छौँ  । ” घटनास्थलमा शिल गरि प्रहरीले अनुसन्धान गरीरहेको प्रवक्ता मिश्रले बताए ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ११ : ३२ बजे

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा