१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

उपप्रधानमन्त्री पोखरेल र स्वीजरल्याण्डकी राजदूतबीच संवादः स्वीजरल्याण्डबाट शनिबार स्वास्थ्य सामाग्री आइपुग्ने



काठमाडौं । स्वीजरल्याण्ड सरकारले कोरोना भाइरसविरुद्वको लडाईंमा साथ दिँदै नेपाललाई यसैसाता बिभिन्न स्वास्थ्य सामाग्री पठाउने भएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग आज भएको टेलिफोन संवादमा नेपालका लागि स्वीजरल्याण्डकी राजदूत एलिजावेथ भन क्यापिलरले नेपाल सरकारलाई बिभिन्न स्वास्थ्य सामाग्री सहयोग गर्न लागेको जानकारी पदएकी छिन् ।

राजदूत क्यापिलरका अनुसार, स्वीजरल्याण्ड सरकारले अक्सिजन कन्सेन्ट्रेटर, पीपीई, मास्क र एन्टिजेन टेस्टिङ किट सहयोग गर्न लागेको हो । स्वास्थ्य सामाग्री बोकेको गुल्लिभ एयरको कार्गो चार्टर्ड जहाज शनिबार काठमाडौं आइपुग्ने स्वीस राजदूत क्यापिलरले जानकारी दिईन् । चार्टर्ड फ्लाइटको खर्च पनि स्वीस सरकारले नै व्यहोर्ने बताईएको छ ।

उपप्रधानमन्त्री पोखरेलले नेपाल र नेपालीप्रति सदभाव देखाएकोमा स्वीजरल्याण्ड सरकारलाई धन्यवाद दिएका थिए । कोभिड– १९ संकट व्यवस्थापन केन्द्रका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले यसअघि नेपालस्थित अमेरिकी राजदूत र संयुक्त राष्ट्रसंघीय आवासीय संयोजकसँग सहयोगका लागि अपिल गरेका थिए । नेपालमा कोरोना भाइरस संक्रमण बढिरहेका बेला नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत सहयोगका लागि कुटनीतिक पहल गरिरहेको छ ।

 

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ९ : ३६ बजे

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

पोखरा । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३/८४ को