२२ माघ २०८२, बिहिबार | February 5, 2026

२४ घण्टामा १६ हजार बढी अक्सिजन वितरण



काठमाडौं । सरकारका विभिन्न निकायले गत २४ घण्टामा १६ हजार ३ सय १९ सिलिन्डर अक्सिजन भरेर वितरण गरेको छ ।

सरकारका मुख्य सचिव शंकरदास वैरागीले गत सोमबार सातै प्रदेशका प्रमुख सचिवलाई कुनै पनि स्थानमा अक्सिजन अभाव हुन नदिन निर्देशन दिएका थिए । सोहीअनुसार अभाव भएका स्थानमा तीव्रतासाथ अक्सिजन पु(याइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज शर्माले जानकारी दिए ।

प्रधानमन्त्री कार्यालयकै निर्देशनअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत २४ घण्टामा उपत्यकाभित्रका ९ उद्योगबाट ८ हजार १ सय २३ र बाहिरका १९ अक्सिजन उद्योगबाट ८ हजार १ सय ९८ गरी कुल १६ हजार ३ सय १९ सिलिन्डरमा अक्सिजन भरेर विभिन्न अस्पतालमा वितरण गरेको हो ।

प्रवक्ता शर्माका अनुसार मंगलबारसम्म औद्योगिक तथा अन्य प्रयोजनमा रहेका थप ४ हजार ८ सय ३२ सिलिन्डर संकलन भई सम्बन्धित उद्योगमा फिर्ता पठाइएको छ । स्थानीय प्रशासनले विभिन्न अस्पताललाई ७ हजार ७ सय २६ अक्सिजन सिलिन्डर वितरण गरेको पनि उनले जानकारी दिए ।

यसैगरी, कोभिड संक्रमितको उपचारार्थ डेडिकेटेड रूपमा देशभर ३ सय ८२ अस्पताल रहेकामा ४ थप भई ३ सय ८६ सञ्चालनमा छन् । ती अस्पतालमा १७ हजार सामान्य बेड प्रबन्ध गरिएको छ ।

पछिल्ला दिन देशभर सामान्य बेड संख्यामा उल्लेख्य वृद्धि भएको पाइएको छ । संक्रमितको विशेष उपचारका लागि २ हजार ५ सय एचडीयू बेड, अघिल्लो दिनको तुलनामा थप ९ सहित १ हजार ९ सय ९९ आईसीयू र ६ सय भेन्टिलेटर प्रबन्ध गरिएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार देशका हरेक स्थानमा अक्सिजन कम हुन नदिन प्रमुख जिल्ला अधिकारीलाई समेत आवश्यक पहल गर्न निर्देशन दिइएको छ । कुनै समस्या परेका तत्काल जानकारी केन्द्रमा दिनुपर्ने र केन्द्रले आवश्यक सहजीकरणसहित समस्या समाधान नीति अख्तियार गरेको हो ।

प्रधानमन्त्री कार्यालयले सातै प्रदेशका प्रमुख सचिवमार्फत कोभिड नियन्त्रण र उपचारबारे भइरहेका गतिविधि नियमित अनुगमनसमेत गरिरहेको छ । राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ६ : ४१ बजे

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित

बुटवल । उद्योग व्यापार संघ बुटवलले वार्षिक कार्ययोजना कार्यशालामार्फत विभिन्न

बुटवलमा सामूहिक ईही र कैटापुजा सम्पन्न

बुटवल । नेवारी समुदायको मौलिक संस्कार, संस्कृति र पहिचान जगेर्ना

ओमोडा शोरुममा आइकार भी २३ गाडी बुटवलमा सार्वजनिक

बुटवल । सिद्धि विनायक मोटर्स प्रालिले बहुप्रतिक्षित आइकार भी २३