१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

थापालाई मतदान गर्न अध्यक्ष ओलीको अपील, पार्टी निर्देशन विपरित मतदान *गरे क्षम्य नहुने चेतावनी



काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि हुने राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई मतदान गर्न आह्वान गरेका छन् ।

अध्यक्ष ओलीले आज एक विज्ञप्ति प्रकाशित गर्दै पार्टीका आधिकारिक उम्मेदवार रामबहादुर थापालाई मतदान गर्न आह्वान गरेका हुन् ।

ओलीले पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिनु, लाखौं जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णय विपरित विपक्षमा उभिएर मत खसाउने विषय कल्पना बहिरको कुरा भएको बताएका छन् ।

‘हामी सबैले पार्टी सदस्यता लिँदा, विभिन्न तहका जिम्मेवारी बहन गर्दा प्रत्येक पटक पार्टीप्रति वफादार हुने र पार्टी हितविपरीत काम नगर्ने सपथ लिई आएका छौं,’ ओलीले भनेका छन्, ‘आफ्नै सपथ कुन स्वार्थ, के कारण वा कस्तो बाध्यताले हामी पालन नगर्ने बिन्दुमा पुग्छौं ? पार्टी जीवनमा यो अकल्पनीय हो, यसो हुनै सक्दैन ।’

ओलीले बहुदलीय शासन प्रणाली अबलम्वन गर्ने कुनै पनि पार्टीका लागि पार्टी निर्देशन विपरितका कुनै पनि गतिविधि स्वीकार्य र क्षम्य नहुने चेतावनीसमेत दिएका छन् ।

ओलीले पार्टीका उम्मेदवार थापा नेपालको कम्युनिष्ट आन्दोलनको एकजना वरिष्ठ नेता भएको जिकिर गर्दै उनको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुयाउने तर्क गरेका छन् ।

उनले निर्वाचनमा एकतावद्ध भएर आफ्नो पार्टीका उम्मेदवारलाई विजयी बनाउन सबै मतदातालाई आग्रह गरेका छन् ।

भोलि हुने उपनिर्वाचनमा थापासँगै कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेकै माधव नेपाल पक्षको समर्थनमा संघीयता विज्ञ डा. खिमलाल देवकोटा मैदानमा रहेका छन् ।

एमाले उम्मेदवार थापाले हिजो नेता नेपालसँग भेट गरी सहयोगको आग्रह गरेका थिए । तर, नेता नेपालले आफ्नै पहललमा देवकोटालाई उम्मेदवार बनाएका कारण उनलाई धोखा दिन नसक्ने जनाउँदै मतदातालाई स्वविवक प्रयोग गर्न दिने जनाएका थिए ।

* यसअघि द्विअर्थी लाग्ने शिर्षक परेकोमा क्षमा माग्दै सच्चाएका छौ । -स.

 

 

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  १ : ०७ बजे

प्रतिनिधिसभाको पहिलो बैठकमा नेकपाबाट वर्षमान पुनले सम्बोधन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको तपृबाट प्रतिनिसधभाको पहिलो बैठकमा सांसद

एक करोड लगानी गरेर भेडाबाख्रा फार्म खोलेका हिमबहादुर

म्याग्दी । रोजगारीको सिलसिलामा २० वर्ष विदेशमा बिताएका म्याग्दीको धवलागिरि

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन/प्रशारण गर्नु पर्ने

काठमाडौँ । अव निजी लगानीका सञ्चारमाध्यमहरुले सरकारी विज्ञापन नपाउने भएका

सुनचाँदीको मूल्य केही घट्यो

काठमाडौँ । केहीदनबाट बढ्दै गएको सूनचाँदीको मूल्य स्थानीय बजारमा आज

कुवेतमा मृत्यु भएका ९ नेपालीको शवसहित अलपत्र नेपाली सवार विमान भैरहवामा अवतरण

भैरहवा । मध्यपूर्वमा जारी द्वन्द्वका कारण कुवेतमा अलपत्र परेका ३