२४ बैशाख २०८१, सोमबार | May 7, 2024

रुपन्देहीको तिलोत्तमामा सुरुभयो कोभिड अस्पताल



बुटवल । तिलोत्तमा नगरपालिकाको अगुवाईमा वडा नं ९ स्थित केवलानीमा अस्थाई कोरोना अस्पताल सेवा शुरु भएको छ । आजबमट सञ्चालनमा आएको सो अस्पतालको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले कोरोना फोकलपर्सन केशव भट्टराईलाई साचो हस्तान्तरण गरेर उदघाटन् गरेका छन् ।

नवनिर्मित सभा हललाई छोटो समयमा अत्याधुनिक अस्पतालका रुपमा पूवार्धार बिकास गरिएको नगरप्रमुख घिमिरेले बताए । नगरपालिकाको अन्य शिर्षकको बजेटलाई अस्थाई अस्पतालमा लगाईएको बताउँदै नागरिकमा अस्पतालमा बेड नपाउने, अक्सिजन अभावको मानसिक चिन्ता भैरहेको बेला स्थानिय सरकारबाट एउटा चिकित्सकसहित पालिकाका स्वस्थ्यकर्मीहरुको निगरानीमा सेवा शुरु गरिएको बताए । अस्पतालमा भर्ना भएका विरामीहरु र कर्मचारीलाई खानाको समेत ब्यवस्थापन नगरपालिकाबाट हुने उनले बताए ।

नेपाल सरकारका अर्थमन्त्री बिष्णु पौडेलद्वारा आइसोलेसनलाई ६५ लाखको बजेट सहमति भएसंगै एक सय बेड सहितको सेन्टर फ्लो अक्सिजन सिष्टम जडान गरेर बिरामीको उपचार गरिने गरि पुर्वाधार थपको तयारी गरिने नगरप्रमुख घिमिरेले बताए ।

यसैगरि नगर सचिवालयबाट अस्पतालको संचालन तथा ब्यवस्थापन समिति गठन भएको छ । जसको संयोजक उपप्रमुख जागेश्वरी चौधरी तथा सदस्यहरु नारायण न्यौपाने, कृष्ण पौडेल, दुर्गा पाण्डे, ईलाका प्रहरी कार्यालयको प्रतिनिधि, खगराज पोखरेल, चेत नारायण भण्डारी र सदस्य सचिव नगरका कोरोना फोकलपर्शन केशव भट्टराई रहेका छन ।

कोरोना फोकलपर्सन केशव भट्टराईले ४० बेडमा पुर्ण रुपमा अक्सिजन पाईप जोडिएको बताए । नगरमा कोरोना संक्रमितहरु जो अक्सिजन अभावमा तड्पिएका छन् उनीहरुलाई उपचारमा प्राथमिकता दिईने उनले बताए ।

यसअघि नै नगरपालिकाले शंकरनगरमा ए र बि ब्लकमा कोभिड आईसोलेसन सेवा संचालन गरिरहेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  १ : २९ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,