२३ बैशाख २०८१, आइतबार | May 5, 2024

कांग्रेसले बोलायो सर्वदलीय बैठक



काठमाडौं । राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठन आह्वान गरेपछिको विकसित अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ।

आज बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले राष्ट्रपति र प्रधानमन्त्री मिलेर अलोकतान्त्रिक र असंवैधानिक काम गरेकाले त्यसलाई रोक्न सबै उपायहरु अपनाउने निर्णय गरेको थियो । पदाधिकारी बैठक लगत्तै कांग्रेसले सर्वदलीय बैठक बोलाएको हो ।

संविधान र लोकतन्त्रको रक्षाका लागि आवश्यक सबै रणनीति तय गर्नुपर्ने भएकाले अन्य दलसँग सर्वदलीय बैठक बोलाएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । प्रधानमन्त्रीले राजीनामा नदिइ राष्ट्रपतिले निकै थोरै समय दिएर अर्को सरकार गठन गर्न भनेर जालसाँझी गरेको कांग्रेसले ठहर गरेको छ ।

बैठक केही बेरमा सभापति देउवा निवास बुढानिलकण्ठमै सुरु हुँदैछ । दलहरुसँगको छलफल पछि सामुहिक रणनीति बनाएर अघि बढ्ने सहमहामन्त्री प्रकाशरण महतले बताएका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ११ : ३९ बजे

जनता समाजवादी पार्टी फुट्यो

काठमाडौं। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन

काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

सेयर बजारमा २४.५८ अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा दोहोरो अंकको

जापानी विदेशमन्त्री खामिखावाः वसन्तपुर क्षेत्रको अवलोकन

काठमाडौं । आज नेपाल आउनुभएका जापानका विदेश मन्त्री खामिखावा योकोले