१६ असार २०८३, मंगलबार | July 1, 2026

कांग्रेसले बोलायो सर्वदलीय बैठक



काठमाडौं । राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठन आह्वान गरेपछिको विकसित अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ।

आज बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले राष्ट्रपति र प्रधानमन्त्री मिलेर अलोकतान्त्रिक र असंवैधानिक काम गरेकाले त्यसलाई रोक्न सबै उपायहरु अपनाउने निर्णय गरेको थियो । पदाधिकारी बैठक लगत्तै कांग्रेसले सर्वदलीय बैठक बोलाएको हो ।

संविधान र लोकतन्त्रको रक्षाका लागि आवश्यक सबै रणनीति तय गर्नुपर्ने भएकाले अन्य दलसँग सर्वदलीय बैठक बोलाएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । प्रधानमन्त्रीले राजीनामा नदिइ राष्ट्रपतिले निकै थोरै समय दिएर अर्को सरकार गठन गर्न भनेर जालसाँझी गरेको कांग्रेसले ठहर गरेको छ ।

बैठक केही बेरमा सभापति देउवा निवास बुढानिलकण्ठमै सुरु हुँदैछ । दलहरुसँगको छलफल पछि सामुहिक रणनीति बनाएर अघि बढ्ने सहमहामन्त्री प्रकाशरण महतले बताएका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ११ : ३९ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी