१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

माओवादी स्थायी समिति बैठक दिउँसो १ बजे बस्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक दिउँसो १ बजे बस्ने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनको आह्वान गरेपछि विकसित परिस्थितिमाथि छलफल गर्न बैठक बस्न लागेको हो ।

राष्ट्रपतिले साँझ ५ बजेसम्मको मात्रै समय दिएकी छिन् । अहिले माओवादी अध्यक्ष प्रचण्डसहितका विपक्षी दलहरु कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा छलफल गरिरहेका छन् ।

माअ‍ोवादीले प्रधानमन्त्री पदमुक्त नहुँदै नयाँ सरकार गठनका लागि आह्वान हुनु संविधान मास्ने डिजाइनअन्तर्गत भएको टिप्पणी गरेको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  १२ : २० बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम