१८ असार २०८३, बिहिबार | July 2, 2026

१४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा *देउवाको दाबी, विपक्षी गठबन्धनका नेताहरु शितलनिवासमा



काठमाडौं । १४९ जना सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धन नयाँ सरकार दाबीका लागि राष्ट्रपति कार्यालय शितल निवास गएको छ ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदबारमा बसको कांग्रेस, माओवादी केन्द्र, जसपा र एमाले नेपाल पक्षका शिर्ष नेताहरुको बैठकले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको छ ।

सोही प्रस्ताव लिएर नेताहरु हस्ताक्षरसहित शितल निवास गएका हुन् । *शिर्ष नेताहरुको बैठक बस्नु अघि एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीमा प्रस्ताव गरेर अघि बढ्ने सहमति भएको थियो । तर पछि शिर्ष नेतृत्वले भोलिको नेपालहरुको कानुनी अवस्थालाई समेत ख्याल गरेर देउवाकै पक्षमा सहमति जुटाएको हो ।

विपक्षी गठबन्धनले सिंहदबारमै बसेर सबै सांसदहरुको हस्ताक्षर संकलन र रुजु गर्ने काम गरेको थियो ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ३ : ३२ बजे

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

कर्णाली बस दुर्घटनाप्रति प्रचण्डबाट दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक,

पत्रकार र व्यवसायीबीचको फुटसल प्रतियोगिता बराबरीमा सम्पन्न

नेपालगन्ज । नेपालगन्जमा व्यवसायी र पत्रकारका बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता

विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा रहेका नेकपा एमालेका