काठमाडौं । प्रधानमन्त्रीमा दाबी पेस गर्न पुगेका विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपति कार्यालय शीतलनिवासबाट बाहिरिएका छन् ।
प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्न पुगेका नेताहरु केहीबेरअघि बाहिरिएका हुन ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई वैकल्पिक प्रधानमन्त्री बनाउन १४९ जना सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनले दावी प्रस्तुत गरेर बाहिरिएका छन् । एमालेको माधव नेपाल पक्षका सांसदको समेत हस्ताक्षर लिइएको छ ।
तर उनीहरुमध्ये अहिलेसम्म कसैले प्रतिक्रिया भने दिएका छैनन ।
प्रतिक्रिया