१९ बैशाख २०८१, बुधबार | May 2, 2024

बन्दाबन्दीमा यात्रु ओसार्ने चालकविरुद्ध मुद्दा दर्ता



डोटी । बन्दाबन्दीको समयमा यात्रु बोक्ने दुई चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि जिल्लामा गरिएको बन्दाबन्दीको अवज्ञा गरी यात्रु बोकेको भन्दै यहाँस्थित प्रहरीले दुईवटा जीप तथा चालकलाई नियन्त्रणमा लिई कानूनी कारवाहीका लागि प्रक्रिया अगाडि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार यात्रु बोकेर अछामबाट कैलालीतर्फ जाँदै गरेका से१ज १०४७ र बा१३च ३३७१ नंको जीप र चालकलाई दिपायलबाट नियन्त्रणमा लिइएको हो ।

प्रहरीले नियन्त्रणमा लिएका ती जीप तथा चालकलाई सङ्क्रामक रोग ऐन बमोजिम मुद्दा दर्ता गरी आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयमा पठाएको जिल्ला प्रहरी कार्यालयका मुद्दाफाँटका प्रमुख तथा प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए । बन्दाबन्दीको समयमा यात्रु बोकेको आरोपमा मुद्दा दर्ता भएको जिल्लामा पहिलोपटक हो । रासस

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  १० : ५७ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी