१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

संसद भवनको ल्होत्से हलमा विपक्षी गठबन्धनको बैठक



काठमाडौं । विपक्षी गठबन्धनको बैठक सुरु भएको छ ।

नयाँ वानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा केही बेरअघि विपक्षी गठबन्धनमा सामेल दलहरुको बैठक सुरु भएको हो ।

बैठकमा भाग लिन कांग्रेससभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, राजमो नेता दुर्गा पौडेल लगायतका नेताहरु ल्होत्सेहल पुगिसकेका छन् ।

अहिले विपक्षी दलका पाँच शीर्ष नेताहरुबीच छलफल भैरहेको छ ।

राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई स्वीकार गर्दै संसद विघटन गरेपछि उत्पन्न नयाँ परिस्थितिबारे छलफल गर्न विपक्षीहरु जुटेका छन् । उनीहरुले संसद विघटन विरुद्ध कानूनी लडाईं लड्ने तयारी समेत गरेका छन् ।

संविधानको धारा ७६ को उपाधार ५ अनुसार १४९ जना सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गर्दा पनि त्यसलाई प्रधानमन्त्री ओलीको दबाबमा अस्वीकार गरेर ओलीले संसद विघटन गर्न गरेको प्रस्तावलाई स्वीकार गरेको विपक्षी दलको आरोप रहेको छ । विपक्षी दलहरुले मध्यारातमा राष्ट्रपति र प्रधानमन्त्री मिलेर डकैती गरेको सम्म आरोप लगाएका छन् ।

राष्ट्रपति भण्डारीले वैकलल्पिक सरकार गठनका लागि परेको प्रस्तावमा दाबी नपुगकेो भन्दै मध्यरातमा संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचनको घोषणा गरेकी थिइन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ११ : ५९ बजे

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड

काठमाडौंमा फेरी बढ्यो वायु प्रदूषण

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ ।

बुटवलमा हुने हाफ् म्याराथन प्रतियोगिताको आवेदन खुला

बुटवल । जननेता मदन भण्डारीको ३१ औं स्मृति दिवस पारेर

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीहरुलाई एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत