१८ असार २०८३, बिहिबार | July 2, 2026

संसद भवनको ल्होत्से हलमा विपक्षी गठबन्धनको बैठक



काठमाडौं । विपक्षी गठबन्धनको बैठक सुरु भएको छ ।

नयाँ वानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा केही बेरअघि विपक्षी गठबन्धनमा सामेल दलहरुको बैठक सुरु भएको हो ।

बैठकमा भाग लिन कांग्रेससभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, राजमो नेता दुर्गा पौडेल लगायतका नेताहरु ल्होत्सेहल पुगिसकेका छन् ।

अहिले विपक्षी दलका पाँच शीर्ष नेताहरुबीच छलफल भैरहेको छ ।

राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई स्वीकार गर्दै संसद विघटन गरेपछि उत्पन्न नयाँ परिस्थितिबारे छलफल गर्न विपक्षीहरु जुटेका छन् । उनीहरुले संसद विघटन विरुद्ध कानूनी लडाईं लड्ने तयारी समेत गरेका छन् ।

संविधानको धारा ७६ को उपाधार ५ अनुसार १४९ जना सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गर्दा पनि त्यसलाई प्रधानमन्त्री ओलीको दबाबमा अस्वीकार गरेर ओलीले संसद विघटन गर्न गरेको प्रस्तावलाई स्वीकार गरेको विपक्षी दलको आरोप रहेको छ । विपक्षी दलहरुले मध्यारातमा राष्ट्रपति र प्रधानमन्त्री मिलेर डकैती गरेको सम्म आरोप लगाएका छन् ।

राष्ट्रपति भण्डारीले वैकलल्पिक सरकार गठनका लागि परेको प्रस्तावमा दाबी नपुगकेो भन्दै मध्यरातमा संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचनको घोषणा गरेकी थिइन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ११ : ५९ बजे

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

कर्णाली बस दुर्घटनाप्रति प्रचण्डबाट दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक,

पत्रकार र व्यवसायीबीचको फुटसल प्रतियोगिता बराबरीमा सम्पन्न

नेपालगन्ज । नेपालगन्जमा व्यवसायी र पत्रकारका बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता