१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

घटदै रुपन्देहीको कोरोनाको ग्राफ : २४९ जना संक्रमित थपिँदा ८८८ जना डिस्चार्ज



बुटवल । रुपन्देहीमा लगातार कोरोनाको ग्राफ घट्ने क्रमले निरन्तरता पाएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा ५८० जनाको नमुना पीसीआर परीक्षण गर्दा २४९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा आज सबैभन्दा धेरै तिलोत्तमा नगरपालिकामा ६६ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरि बुटवल उपमहानगरपालिकामा ५५ जना, सैनामैना नगरपालिकामा ३४ जना, देवदह नगरपालिकामा १९ जना, सिद्धार्थनगर नगरपालिकामा १४ जना, कञ्चन गाउँपालिकामा १३ जना, शुद्धोधन गाउँपालिकामा १२ जना, ओमसतिया गाउँपालिकामा १० जना र अन्य पालिकामा १० जना भन्दा कम संक्रमित थपिएका छन् ।

यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २५ हजार १४५ पुगेको छ । जसमध्ये २० हजार १५४ जना निको भएका छन । आज रुपन्देहीमा ८८८ जना कोरोनाबाट मुक्त भएका छन् ।

हाल जिल्लामा ४ हजार ५३८ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप ७ संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३९५ पुगेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ८ : २८ बजे

तिब्बतमा सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

ल्हासा । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल– चीन सीमा

चैत २३ र २४ गते लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति मेला

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि

लुम्बिनीका होटल व्यवसायी आन्दोलित

भैरहवा । पटक पटक अन्दोलित बनेका लुम्बिनी क्षेत्रका होटल व्यवसायी

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको पनि स्टल राखिने

काठमाडौं । आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय

खुमबहादुर खड्कालाई भ्रष्टाचारको झुठ्ठो मुद्दामा फसाइयो, उनको योगदान अतुलनीय छ : सभापति देउवा

दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर