७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

कोरोनाबाट मृत्यु हुनेहरुको श्रद्धान्जली र संक्रमितको स्वास्थ्यलाभको कामना गरेर मनाइँदै बुद्धजयन्ती



लुम्बिनी । बिश्व शान्तिका अग्रदुत बुद्धको २५६५ औं बुद्धजयन्ती जारी निषेधाज्ञाका कारण यस पटक पनि प्रभावित हुने भएकोछ ।

विगतका बर्षमा राष्ट्रप्रमुख , विदेशी कुटनीतिज्ञहरुको सहभागितामा अन्तराष्ट्रिय स्तरको औपचारिक कार्यक्रम हुने गरेको भए पनि कोरोना संक्रमणको महामारीका कारण अघिल्लो वर्षदेखि सार्वजानिक कार्यक्रम हुन सकेको छैन । निषेधाज्ञाका कारण यस बर्ष पनि गतवर्ष जस्तै पुजा पाठ र सामन्य कार्यक्रम गरेर मनाइने तयारी भएको लुम्बिनी विकाष कोषका सदस्यसचिव सानुराजा शाक्यले बताएका छन् ।

सदस्यसचिव शाक्यका अनुसार बुद्धजयन्तीको दिन बिहान सबै गुम्बा, बिहारको प्रतिनिधित्व हुनेगरी मायादेवि परिसरमा उपस्थित हुने र उक्त कार्यक्रममा सम्माननीय राष्ट्रप्रमुख, प्रधानमन्त्रीको सन्देश बाचन गर्ने र पुजापाठ गर्ने, परित्राण पाठ गर्ने र सांझ कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको संझनामा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ । बौद्ध पात्रो अनुसार यस वर्षको बुद्धजयन्ती जेठ १२ गते परेको छ ।

‘विगतका बर्षमा अन्तराष्ट्रिय सम्मेलन गरेर मनाइएको थियो भने गएको सालदेखि कोरोनाको कारण राम्ररी मनाउन पाइएको छैन ।’ सदस्यसचिव शाक्यले भने, ‘यस बर्ष पनि हामीले राम्रोसंग मनाउने तयारी थियो , तर कोरोना भाइरसको दोस्रो लहर देखिएपछि निषेधाज्ञाकोबीच बुद्धजयन्ती सामन्य रुपमा मनाउनुपर्ने अवस्था सृजना भएको छ ।’

शाक्यले कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको निर्वाणाप्राप्तीका लागि भन्दै २५६५ वटा दीप प्रज्वलन गर्ने गरि कार्यक्रम बनाईएको जानकारी दिए । ‘संक्रमीतहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पुजापाठ हुन्छ ।’ उनले भने

बुद्ध धर्ममा बैशाख पुर्णिमाको महत्व अत्यन्तै धेरै रहेको छ । बैशाख पुर्णिमामा त्रिसंयोग परेको देखिन्छ । सिद्धार्थ गौतम बुद्धको जन्म बैशाख पुर्णिमाकै दिन भएको थियो । बुद्धले बुद्धत्व प्राप्त गरेको दिन पनि बैशाख पुर्णिमाकै दिन थियो । यसैगरी बुद्ध ८० बर्षको उमेरमा महापरीनिर्वाण (मृत्यु) भएको दिन पनि बैशाख पुर्णिमाकै दिन थियो ।

नेपाल लगायत बौद्ध राष्टहरु भुटान, थाईल्याण्ड, म्यानमार, मंगोलिया, कम्बोडिया, श्रीलङका, लाओस , कोरिया, जापन , चीन आदि देशहरुमा बैशाख पुर्णिमा अर्थात बुद्धजयन्तीलाई विशेष राजकीय सम्मानका साथ मनाउने गरिएको छ ।

विश्वमा बुद्धलाई कसैले भगवान, कसैले महामानब, कसैले शान्तिका दूत त कसैले एशियाका तारा भनेर मान्ने गर्दछन् । बुद्ध बचनलाई अहिले पनि उत्तिकै महत्व दिने गरिएको छ । नेपालमा वि.संं २००८ देखि बुद्धजयन्तीको दिन सार्वजनिक विदा दिन थालिएको हो ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  १० : १० बजे

प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा । गण्डकी प्रदेश सभाको बैठकमा प्रतिपक्षी बेन्च खाली भएपछि

गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दी । अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म

सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङलाई जेल, ६ जनालाई धरौटीमा छोड्न आदेश

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले

युएई एसीसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ ।