१६ चैत्र २०८२, सोमबार | March 30, 2026

साहित्यकार डा. बानीरा गिरिको निधन



काठमाडौं । साहित्यकार डा. बानीरा गिरिको निधन भएको छ।

साहित्यकार गिरिको हृदयघातका कारण आइतबार राति १० बजे निधन भएको उनको परिवारले जनाएको छ ।

अल्जाइमर्स रोगबाट पीडित ७५ वर्षीया गिरिलाई केही दिन अघि कोरोना संक्रमण पनि भएको थियो ।

उपचारको क्रममा निजामति अस्पताल लगिएपनि उनको निधन भएको थियो । कोरोना निको नहुँदै निधन भएका कारण उनको शव व्यवस्थापन नेपाली सेनाले गर्नेभएको छ ।

डा. गिरि विद्यावारिधि गर्ने पहिलो नेपाली महिला पनि हुन् । लियो टल्सटाय र विपी कोइरालाका साहित्यबाट प्रभावित भएकी गिरिले कविता संग्रह, उपन्यास निबन्ध लगायतका विधामा कलम चलाएकी छिन् ।

उनका ‘कारागार’ निबन्ध, ‘शब्दातित सान्तनु’ उपन्यास तथा ‘मेरो आविष्कार’, ‘जीवन : थायमरु’, ‘एउटा एउटा जिउँदो जंगबहादुर’ कविता संग्रह प्रकाशित छन् । ‘शब्दातीत शान्तनु’ उपन्यासका लागि गिरिले २०५६ सालको साझा पुरस्कार पाएकी थिइन ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  १२ : ४० बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित