७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रतिनिधिसभा विघटनको विरोधमा एमालेको नेपाल पक्षका २३ सांसदले गरे हस्ताक्षर



काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोध र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने पक्षमा नेकपा एमालेको नेपाल खनाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका छन् ।

देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने दाबीसहित सर्वोच्च अदलतमा रिट दायर गर्नुअघि सिंहदरबारमा भेला भएका नेपाल पक्षका थप सांसदहरुले हस्ताक्षर गरेका हुन् । हालसम्म २३ जना सांसदहरुले हस्ताक्षर गरिसकेका छन् ।

हस्ताक्षर गर्ने सांसदहरुमा माधव नेपाल, झलनाथ खनाल, घनश्याम भुसाल, भीम रावल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, निरादेवी जैरू, सरला यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, कलिला खातुन, रामकुमारी झाँक्री, पुष्पा कर्ण कायस्थ, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मुकुन्द न्यौपाने, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडालगायत छन्। २० जना सांसदले हिजै हस्ताक्षर गरेका थिए भने चौधरी, भट्ट र खतिवडाले आज गरेका हुन् ।

सिंहदरबारमा रहेका सांसद विरोध खतिवडाले ओलीलाई विस्थापित गर्न र देउवालाई प्रधानमन्त्री बनाउन जालसाझी गरेको आरोप लगाउनेहरुलाई देखाउनका लागि आफुहरु शशरीर उपस्थित भएर हस्ताक्षर गरेको बताए । खतिवडाले अदालतललाई सांसदहरुको हस्ताक्षर र नागरिकता सनाखत गर्न र टाउन गन्न आग्रह गर्ने जनाए ।

यसअघि नेपाल पक्षका २६ सांसदले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । ती मध्ये गोकर्ण विष्ट, गणेश पहाडी र पवित्रा निरौला खरेलले भने हस्ताक्षर गरेका छैनन् । तर, अन्य थप केही सांसदलाई कोरोना लागेका कारण आउन नसकेको नेपाल पक्षले दाबी गरेको छ । आफुहरुको ३० सांसद पुर्याउने योजना रहेको नेपाल पक्षले जनाएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  १ : २८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई