१६ चैत्र २०८२, सोमबार | March 30, 2026

गोली प्रहारबाट घाईते भएका माओवादी केन्द्र कपिलवस्तुका नेता दिपक पाण्डेको मृत्यु



बुटवल । गोली प्रहारबाट घाईते भएका कपिलवस्तुका माओवादी केन्द्रका नेता दिपक भण्डारीको मृत्यु भएको छ । काठमाडौको शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत पाण्डेको मृत्यु उपचारका क्रममा मृत्यु भएको पैहरीले जनाएको छ । पाण्डेमाथि गत बुधबार राति गोली प्रहारबाट भएको थियो । कपिलवस्तु नगरपालिका तौलिहवा निवासी पाण्डेको उपचारको आज राती ८ः१५ बजे मृत्यु भएको हो ।

भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा उपचाररत पाण्डेलाई सोमबार साँझ हेलिकप्टर मार्फत थप उपचारका लागि काठमाडौँ लगिएको थियो । उनको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज अधिकारीले पुष्टि गरे ।

उनीमाथि तीन राउण्ड गोली लागेको थियो । गोली प्रहार गर्ने ओमप्रकाश यादव र साकिर अलि पाखियालाई प्रक्राउ गरी कपिलवस्तु प्रहरीले शुक्रबार सार्वजनिक गरिसकेको छ । घटनाका मुख्य अभियुक्त यादवले पाण्डेसँगको व्यक्तिगत दुस्मनीका कारण गोलीहानी हत्या गर्ने योजना बनाएको प्रहरी सामु बयान दिएका थिए । घटनाका मुख्य सुटर अभियुक्त फरार छन् ।

पाण्डेसंगै सवार अर्का भारतीय नागरिक ईयाज अख्तर मुसलमान पनि घाइते भएका छन् । उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  १० : ४६ बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित