७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

लुम्बिनी प्रदेशमा पहिलो ‘ट्राफिक लाईट’ तिलोत्तमाको मणिग्राममा



बुटवल । लुम्बिनी प्रदेशमा पहिलो पटक रुपन्देहीको तिलोत्तमामा ट्राफिक लाईट जडान गरिएको छ । अत्यन्त ट्राफिक जाम हुने र सवारी दुर्घटना समेत बढी हुने गरेको बुटवल भैरहवा सडक खण्डको मणिग्राम चौकमा ट्राफिक लाईट जडान गरिएको हो ।

नगरकै सबैभन्दा बढी सवारी आवागमन हुने मणिग्राम चोकमा तिलोत्तमा नगरपालिकाले आफ्नै स्रोतमा ट्राफिक लाइट व्यवस्थापन गरेको हो । नगरपालिकाका अनुसार ट्राफिक लाइटको कन्ट्रोल मंगलापुरमा रहेको ट्राफिक प्रहरी पोष्टबाट हुने छ भने चौकमा प्रत्यक्ष निगरानी जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवाले गर्ने छ ।

मणिग्राम चौकको चारतर्फ जडान भएको ट्रफिक लाइटको उदघाटन मंगलबार तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले गरे । उदघाटन कायैक्रममा बोल्दै नगर प्रमुख घिमिरेले मणिग्राममा जडान गरिएको ट्राफिक लाइटको प्रभावकारितासँगै यसलाई सिक्सलेन सडकका अन्य चोकहरुमा समेत विस्तार गरिने बताए । ट्राफिक लाइटको कन्ट्रोलका लागि चाहिने उपकरण व्यवस्थापनमा ट्राफिक प्रहरीलाई नगरपालिकाले सहयोग गर्ने स्पष्ट पार्दै उनले ट्राफिक लाइटको परिपालना, यसको संरक्षण गर्ने दायित्व सबै नगरबासीको रहेको बताए ।

सो अवसरमा बोल्दै लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख डम्बर बहादुर विश्वकर्माले तिलोत्तमाले आफ्नै स्रोतमा ट्राफिक लाइटको व्यवस्थापन गर्नु अरुको लागि पनि अनुकरणीय रहेको बताए । उनले ट्राफिक प्रहरीसँगको समन्वयमा ट्राफिक लाइट जडान गरेर तिलोत्तमाले प्रदेशमैं नयाँ सन्देश दिएको बताउँदै ट्राफिक लाईटले दुर्घटना न्युनिकरण गर्ने विश्वास ब्यक्त गरे ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार केसीले ट्राफिक लाइट सडक विकासको एउटा सूचक रहेको चर्चा गर्दै यसले ट्राफिक व्यवस्थापनमा टेवा पुर्याउने बताए ।

नगर उपप्रमुख जागेश्वरी चौधरीले प्रविधिको प्रयोगले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउँदा दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने बताए ।

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ३ : ३२ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल