दाङ । पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल सहित पत्रकारहरु चढेको कारलाई दाङमा स्कारपियोले ठक्कर दिँदा एकजना पत्रकार घाईते भएका छन् । दाङको तुलसीपुर उद्योग बाणिज्य संघ जाने सडक चोकमा पोखरेल सहित पत्रकारहरु चढेको प्रदेश ३–०१०२२ च ९२२६ नम्बरको कारलाई रा १ च ९५५ नम्बरको स्कारपियोले ठक्कर दिँदा नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष सुदिप गौतम घाइते भएका छन् ।
गौतमको टाउकोमा चोट लागेको बताईएको छ । गौतमको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख नायव प्रहरी उपरिक्षक शिवबहादुर सिंहले बताए ।
कारमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदी, घाईते गौतम थिए । ठक्कर दिने गाडीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ ।
प्रतिक्रिया