१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

लुम्बिनीमा २५६५ दिप प्रज्वलन, कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको मुक्ति र संक्रमितको स्वास्थ्यलाभको कामना(फोटो फिचर)



बुटवल । बुद्धजयन्तीका अवसरका बुद्धको जन्म स्थल लुम्बिनीमा २५६५ दिप प्रज्वलन गरिएको छ । विश्व समुदायका शान्ति दर्शनका अग्रदुत बुद्धको २५६५ औ जन्मजयन्तीका अवसरमा जन्मस्थल मायादेवी मन्दिर परिषरमा दिप प्रज्वलन गरिएको हो ।

कोरोना माहामारीका कारण अघिल्लो वर्ष जस्तै यस वर्षपनि कुनै औपचारीक कार्यक्रम नगरि बुद्धजयन्ती बनाईएको हो । आज बिहान परित्राण पाठ गरेर प्रार्थनाका साथ बुद्ध जयन्ती मनाईएको थियो भने साँझ बिश्वभर कोरोना संक्रमणका कारण मृत्युवरण गरेकाहरुको मुक्तिको प्रार्थना र उपचार गराईरहेका संक्रमितहरुको स्वास्थ्य लाभको कामना गर्दै २५६५ दिप प्रज्वलन गरिएको लुम्बिनी विकास कोषले जनाएको छ ।

दिप प्रज्वलनमा लुम्बिनी परिषर भित्रका सबै गुम्बाका भिक्षुहरु, कोषका पदाधिकारी तथा आमन्त्रित केहि जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । भौतिक दुरी कायम गर्दै मायादेवी मन्दिरको वरिपरि दिप प्रज्वलन गरिएको थियो । दिप प्रज्वलनकै अवसरमा खबरकुरासँग कुरा गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी भिक्षु मैत्रेयले मानव प्रधान समाजको सोँचलाई परिवर्तन गरि सहअस्तित्वको समाजको परिकल्पना नै बुद्धको प्रमुख ज्ञान भएको बताए । उनले दिगो समाज निर्माणका लागि प्रकृति र जिवजन्तुको दोहन रोक्नु पर्ने बताए ।

तस्विर सौजन्य : मनोज क्षेत्री

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ९ : २६ बजे

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय

भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको शुभकामना आदान प्रदान

बुटवल । भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको आयोजनामा शुभकामना आदान प्रदान

जनताका मुद्धालाई केन्द्रमा राख्दै कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ लैजानुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार

धरौटीमा रिहा गर्ने आदेश भएको एक सातापछि दिपेश पुन धरौटी बुझाएर रिहा

बुटवल । सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा

अवैध डेढ केजी बढी सुन र डेढ करोड रकम सहित सात जना पक्राउ

काठमाडौं ।अवैध सुनको कारोवारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका(२४ स्थितबाट