१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

बीएसपी नेपालद्वारा टोखा नगरपालिकालाई ३०० थान पीपीई र मास्क सहयोग



काठमाडौं । बीएसपी नेपालले टोखा नगरपालिकालाई स्वास्थ्य सामाग्री  सहयोग हस्तान्तरण गरेको छ।

टोखा नगरपालिकामा आज आयोजित एक कार्यमका बीच बीएसपी नेपालका बोर्ड अध्यक्ष शेखर अर्याल र कार्यकारी निर्देशक प्रकाश लामिछानेले नगरप्रमुख प्रकाश अधिकारीलाई पीसीई सेट र मास्क हस्तान्तरण गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका नेता कल्पना शर्माको पहलमा बीएसपी नेपालले ३०० थान पीपीई र मास्क सहयोग गरेको हो ।

यी स्वास्थ्य सामाग्री टोखा नगरपालिका क्षेत्रमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीहरूले प्रयोग गर्ने नगरप्रमुख अधिकारीले बताए । अधिकारीले आफुहरूलाई सहयोग गरेकोमा बीएसपी नेपाललाई धन्यवाद दिए ।

बीएसपीका बोर्ड अध्यक्ष अर्यालले सबै मिलेर  कोरोना महामारी विरूद्ध लड्नुपर्ने बताए । अर्यालले आफुहरूले गरेको सहयोगले महामारी नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीहरूलाई सानो सहयोग मिल्ने विश्वास गरे ।

बीएसपी नेपाल वैकल्पिक उर्जाको क्षेत्रमा काम गर्ने चर्चित संस्था हो ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  २ : १९ बजे

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको